अनलाइनहरु धमाधम ब्लक ! महासंघ भन्छ : हस्तक्षेप भयो


काठमाडौ– केही दिनयता पत्रकार तथा सञ्चारमाध्यममाथि भएको धम्की तथा प्रहरी हस्तक्षपप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार लेखेको आधारमा डोटीका पत्रकारहरुलाई त्यहाँका सहायक वन अधिकृतले समाजिक सञ्जालमार्फत धम्क्याएको महासंघले जनाएको छ ।

त्यस्तै समाचारकै विषयलाई लिएर केही दिनयता न्यूजसेवा डटकम , दियो पोष्ट डट कम, आर्थिक न्यूज डट कम लगायतका केही अनलाईन सञ्चारमाध्यम ब्लक गरिएको पनि महासंघले जनाएको छ ।
स्वतन्त्र प्रेस तथा पत्रकारितामाथिको धम्की र सञ्चारमाध्यमाथिको नियन्त्रणले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप भएकोले महासंघले दोषिमाथि कडा कारबाहीको माग गर्दै बन्द गरिएका सञ्चारमाध्यम सुचारु गर्न र सहजरुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गरेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.