फागुन ५ देखि ज्ञानेन्द्र मैदानमा देखिने



पूर्व राजा ज्ञानेन्द्र शाह विशेष राजनीतिक संवादका निम्ति गत साता थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको छ । गत बुधबार माघ १९ गते साँझ चिनीया राष्ट्रपति सी जिनपिङका विशेष प्रतिनिधिसँग रात्रीभोजसहितको भेटवार्तापछि उहाँ बैंकक प्रस्थान गर्नुभएको हो । शाहले त्यहाँ चीन र भारतका विशेष दूतहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने समाचार सूत्रहरुले जनाएका छन् । बैैंकक जानुअघिका केहि दिनभित्र उहाँले नेपालमा केही राजनीतिक दलका नेताहरुसँग पनि परामर्श गर्नुभएको पनि बुझिएको छ । उहाँ २७ या २८ गते स्वदेश फर्कनुहुने बताइएको छ । राजसंस्थाको भविष्यबारे ज्ञानेन्द्र शाह निर्णायक वार्तालापको चरणमा प्रवेश गर्नुभएको छ । अबका वार्तालाप तथा बैठकहरुले कुनै न कुनै रुपको ठोस परिणाम हासिल हुने आशा उहाँले गर्नुभएको छ । राजसंस्थाले स्पेस पाउने या नपाउने भन्ने कुराको निक्र्योल गरिसकेपछि शाहबाट ठोस कदम चालिने बताइएको छ । बैंककबाट फर्किएपछि सपरिवार मधेसको विशेष भ्रमणमा जानुहुने स्रोतको जानकारी छ । उहाँ आगामी फागुन ५ गते बाराको सिमरा पुग्नुहुनेछ । फागुन ७ गते पूर्व बडामहारानी कोमलको ६७ औं जन्मदिन सिमरामै मनाएपछि सिमरालाई मुकाम बनाएर उहाँ तराइ मधेसका केही जिल्लाको भ्रमणमा जानुुहने बुझिएको छ ।यो खबर आजको घटना र विचार साप्ताहिकमा छापिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.