आज (बुधबार)देखि सुरु हुने फेसबुक फ्रि अफर ९० दिनसम्म जारी रहनेछ ।



फाल्गुन ४, २०७३- एनसेलका ग्राहकहरुले बुधबारदेखि मोबाइल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट सामाजिक सञ्जाल फेसबुक नि:शुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ मंगलबार सार्वजनिक गरेको थियो । आज (बुधबार)देखि सुरु हुने फेसबुक फ्रि अफर ९० दिनसम्म जारी रहनेछ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाइल एप र ब्राउजर (प्रोक्सीबाहेक)बाट फेसबुकमा नि:शुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्ने उक्त कम्पनीले जनाएको छ । यो अफर लागू भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वत: देखिने छ । उक्त बटन क्लिक गर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको नि:शुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.