१० फिट बाक्लो हिउँमा आमाको शव बोकेर ३२ किमी पैदल हिँडे प्रहरी जवान, सरकारी सहयोग पाएनन्



दिल्ली, २२ माघ – भारतीय सेनाका एक प्रहरी जवान भाइका साथ आफ्नी ५५ वर्षीय आमाको शव बोकेर १० फिट हिउँमा ३२ किलोमिटर पैदल हिँडे। २९ जनवरीमा प्रहरी जवान मोहम्मद अब्बासकी आमा शकीना बेगमको भारत पठानकोटमा हृदयघातका कारण निधन भएको थियो। मोहम्मद पठानकोटमा भारतीय सेनामा कार्यरत छन्। उनकी आमा पनि उनीसँगै बस्दै आएकी थिइन्। अघिल्लो दिन मोहम्मद आफ्नी आमाको शव लिएर आफ्नो गाउँमा दाहासंस्कारका लागि हिडेका थिए। तर त्यही समयमा त्यहाँ भारी हिमपातका कारण पुरै ठाउँको जनजीवन प्रभावित हुन पुग्यो। मोहम्मदले श्रीनगर पुग्नका लागि सरकारी सहयोगका लागि घण्टौँ प्रतिक्षा गरे। तर मौसम खराबीका कारण उनले कुनै सहयोग प्राप्त गर्न सकेनन्। कतैबाट सहयोग नमिल्ने भएपछि उनी अन्तत भाइका साथमा आमाको शव बोकेरै श्रीनगबाट पैदल हिडेर आफ्नो गाउँ हिडे । श्रीनगरबाट उनको गाउँ १२० किलोमिटर टाडा पर्छ। मोहम्मदले हार मानेनन्, र दुबै भाई आमाको शव बोकेर १० फुट बाक्लो हिउँमा ३२ किलोमिटर टाडा हिँडे । त्यसपछि आसपास रहेका स्थानीयले उनलाई सहयोग गरे र उनी शव लिएर आफ्नो गाउँ पुगे।
मोहम्मदका भाइ मोहम्मद रफीक के भन्छन्,
५५ वर्षकी मेरी आमा मेरो दाइसँग पठानकोटमा बस्दै आएकी थिइन्। २९ जनवरीमा राती २ बजे उनको मृत्यु भयो। आर्मीले उनको राम्रोसँग उपचार गरिदिएका थिए। तर उनलाई बचाउन सकेनन्। हामीले अत्येष्टीका लागि उनको शव लिएर आफ्नो गाउँ चित्रकोट तर्फ लाग्यौँ। हामी पठनकोट बाट २९ जनवरीमा स्किएर ३१ जनवरीमा बिहान ९ बजे श्रीनगर पुग्यौँ। हामीलाई बताइएको थियो की श्रीनगरबाट सिविल प्रशासनले हेलिकप्टर चार्टर गराइदिने छ। श्रीनगरमा तीन घण्टा पछि ५० हजार रुपैयाँ दिएपछि मात्र शव तंगधार तकमा पुर्याइदिन्छौँ भन्ने खबर प्राप्त गर्यौँ।
कोही सरकारी सहयोग मिलेन
हामीले जेनतेन हेलिकप्टर चार्टरका लागि पैसा जम्मा गर्यौँ। आधा घण्टा पछि फेरि अर्को खबर प्राप्त भयो की पायलट मौसम देखेर डराए र यस्तो मौसममा उनले उडान भर्न मानेनन्। त्यसपछि हामी दुबै भाइ आमाको शव लिएर पैदल नै जानुपर्यो। कुपवाडा पुगेर हामीले त्यहाँको ड्युटी पुलिस कमिश्नर र एसएसपी कुपवाडासँग कुरा गर्यौँ। उनले हामीलाई आश्वासन दिए, ५ घण्टाभित्र तंगधार जानका लागि ५२ किलोमिटरसम्म साधन उपलब्ध गराइदिने छौँ। हामीले उनको कुरा मानेर त्यहाँ धेरै घण्टा पर्खियौँ। जब त्यहाँबाट पनि हामीलाई कुनै सहयोग नमिलेन। त्यसपछि हामी पैदत हिडेरै पुग्न सक्छौ होला भन्ने सोच्यौँ। ३२ किलोमिटर हिडिसकेपछि हामीलाई फोन आयो। हेलिकप्टर तयार छ तिमीहरु त्यहाँबाट फर्क। फेरि फर्केर जान हामीलाई ४ ५ घण्टा लाग्ने भयो। त्यसपछि आमीले त्यो सहयोग अस्वीरकार गरिदियौँ। आमी सीपी क्षेत्रको रंगवाड गाउँमा पुगेपछि त्यहाँ केही गाउँलेले हाम्रो सहयोग गरे। उनको सहयोगले हामी आमाको शव लिएर आफ्नो गाउँसम्म पुग्यौँ। बीबीसीको सहयोगमा

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.