विदेशबाट घर फर्कदा श्रीमानको दोस्रो बिहे, सन्तानको मायाले आत्महत्या गर्न सकिन्


सुर्य चन्द काठमाडौँ, २८ माघ - सिन्धुपाल्चोक जिल्ला घर भई हाल काठमाडौँ बस्दै आएकी तारा गहतराज विस्वकर्माले जीवनमा धेरै दुख भोग्नु पर्यो। बाल्यकालदेखिनै दुखैदुखमा हुर्किएकी उनले सुखको अनुभव कहिलै गर्न पाइनन्। दुख गर्दै अरुको घरमा काम परेर हुँर्किएकी ताराको संघर्ष निकै मार्मिक छ। गाउँमै हुँर्किएकी ताराले राम्रोसँग पढ्न पाइनन्। उमेर बढ्दै गएपछि उनको विवाह भयो। विवाहपछिका दिनमा अझ अनको थाप्लोमा जिम्मेवारी थपिदै गए। उनले सन्तानको रुपमा दुई छोरा पनि जन्माइन। सन्तान जन्मिएपछि उनलाई झन आर्थिक बोझले सताउदै लग्यो। छोराहरुको पालनपोषण र दैनिकी उनको गरिबीको पीडा बन्यो। बेरोजगार र आफूमाथिको आर्थिक जिम्मेवारी बहन गर्न गाह्रो पर्दै गएपछि श्रीमानसँग सल्लाह गरेर उनी विदेश जाने भइन्। श्रीमान जाँदा खर्च बढी लाग्ने भएकाले दुबैको सल्लाहमा आफू विदेश जाने निर्णयमा पुगिन्। सल्लाह अनुसार उनले विदेश जानका लागि पासपोर्ट पनि बनाइन। पासपोर्ट बनिसकेपछि दलाल मार्फत उनि एक म्यानपावर मार्फन पहिलो पल्ट लेबनान पुगिन्। लेबनानमा पुगेर उनले घरेलु काम गर्न थालेन्। लेबनानमा उनले निकै दुख भोग्नु पर्यो । दिनहुँ मालिकको कुटाइ खानु पर्यो। त्यहाँ उनलाई कुटासँगै साझ बिहानको छाकपनि पेटभरी खान दिइदैन थियो। न त राम्रोसँग सुत्न नै दिइन्थ्यो। यस्तो पीडा खेप्दा पनि उनले आफुले काम गरेको पुरा पारिश्रमिक समेत पाइनन्। ति कष्टकर भोगाइसँगै उनी दिनप्रतिदिन कमजोर बन्दै गइन्। त्यहाँ विरामी भएपछि १ वर्षमै उनी नेपाल फर्कन बाध्य भइन्। उनी नेपाल त फर्किन तर अब के गर्ने भन्नेमा झन अन्योलता थपियो। लेबनानबाट कमाएर ल्याएको थोरै रकमपनि श्रीमानले मोटरसाइकल किनेर सकिदिए। पैसाको अभाबले उनले आफ्नो राम्रो उपचार गर्न समेत पाइनन्। परिवारको आर्थिक समस्याले गर्दा उनी फेरी विदेश जाने निर्णय गर्न थालिन्। उनले एक जना अर्को दलाललार्इ भेटेर फेरी विदेश जान तयार भइन्। ती दलालले राम्रो पारिश्रमिकको आश्वासनमा केही रकम लिएर दुबई पठाइदिए। अब उनी दुबई पुगिन, त्यस पछि उनलाई केही दिन दुबईमा राखेर अर्को देश ओमान पठाइयो । ओमानमा उनी एक अरवीको घरमा काम गर्न पुगिन । उनी त्यहाँ पुगेपछि अनै नर्कको जीवन भोग्नु पर्यो । ८/१० जना परिवारको हरेक काम उनी आफैले गर्नु पर्दथ्यो। काम राम्रो नभएको भन्दै दिनहुँ मालिकनीको गाली र पीटाइ खानु पर्ने भयो। त्यती मात्रै हैन उनले दैनिक मालिकका छोराहरुको शारिरीक शोषण समेत सहनु पर्दथ्यो। आफूमाथि दैनिक शोषण सहनु परेपछि उनी मानसिक रुपमा समेत विछिप्त बन्न पुगिन्। शरीरमा भएका निलडामको पीडा सहन नसकेर उनको आँसु रोकिदैन थिए। आफूमाथि त्यती धेरै भएको अत्याचार सहन नसकेन कती पटक त उनले आत्महत्या नै गर्न खोजिन । तर दुई सन्तानको मायाले गर्दा उनी त्यो निर्णयबाट पछि हटिन्। केही समयपछि उनको त्यो पीडा आशा फ़ाउण्डेशनकी अधक्ष्य आशा लामाले पत्ता लगाइन्। त्यसपछि उनी तारालाई नेपाल फर्काउन प्रक्रिया थालिन्। तारालाई सजिलै त्यहाँबाट उद्दार गरेर नेपाल फर्काउन त्यति सजिलो थिएन्। तर उनले जसोतसो सबै खर्च आफैले व्यवस्था गरेर ताराको उद्धार गरी नेपाल पर्काइन्। नेपाल फर्किदा ताराले मानसिक सन्तुलन गुमाइ सकेकी थिइन्। उनले कसैलाई राम्रोसँग चिन्न पनि छाडेकी थिइन्। त्यसपछि आशाले तारालाई सुधार केन्द्रमा राखेर उपचार गरीन्। उपचार पछि तारा सामान्य अवस्थामा फर्किएपछि उनले परीवारको जिम्मा लगाइदिएन्। त्यती मात्र हैन उनले ताराका दुर्इ सन्तानलाई शिक्षाका लागि सहयोगको पहल गरेर निशूल्क शिक्षा समेतको व्यवस्था समेत मिलाइदिइन्। ताराको दुख यसमा मात्रै सिमित रहेन्। उनी नेपाल फर्कदा उनका श्रीमानले दोस्रो विवाह गरिसकेका रहेछन्। त्यसपछि उनले घर परिवारको समेत अपहेलना सहनु पर्यो । तर पनि उनले हिम्मत राखेर दुई छोराहरु हुर्काउदै गइन्। पछि उनका श्रीमान्को पनि मृत्यु भयो। श्रीमानको मृत्यु पछि उनमा झन बज्रपात पर्यो । तर पनि उनले हार मानिनन् । एक्लो जीवन विताउँदै जाँदा उनले रागा, कुखुराको मासुको ब्यापार सुरु गरिन् त कहिले ज्यामीको काम। एक्लो जीवन विताउँदै जाँदा उनको एक दिन फेसबुकमा सुर्खेतका जित बहादुर बिकसँग चिनजान भयो। फेसबुकबाटै उनको प्रेम बढ्दै गयो। त्यसपछि एक दिन जीत नेपाल फर्किए। उनीसँगै बसे। भेटमा माया प्रेमको झन बढ्दै गयो । आफ्नो भाइसँग पनि भेट गराए। तर उनको प्रेम धेरै दिन टिक्न सकेन्। आएको पाँच दिनपछि उनले आफ्नो बाबा बितेको भन्दै घर जाने कुरा गरे। चाडै फर्कने आश्वासन दिलाएर तारासँग गाडीभाँडा लिएर घर गएका जीत धेरै समयसम्म पनि सम्पर्कमा आएनन्। पछि बुझदै जाँदा उनको अर्कै श्रीमती र तीन छोरा छोरी रहेको पत्ता लाग्यो । घरमा बाबुको पनि मृत्यु भएको रहेनछ। प्रेमका कारण उनले फेरी समाजमा अर्को बदनाम सहनु पर्यो । परीवार र छोराहरुले उनलाई झन घृणा गर्न थाले। त्यसपछि फेरी तारालाई आशाले नै सहयोग गरीन्। आत्मनिर्भर रहेर बाँच्न सीप सिकाइदिने बाचा गरीन्। त्यसपछि ताराले फेरी जीवनमा केही गर्ने अठोट गरेर संघर्ष गर्न सुरु गरेकी छिन्।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.