एक महिना नपुग्दै आयोजनाको नहर भत्कियो, विद्युत् सेवा अवरुद्ध

जाजरकोट: जाजरकोटकोे गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ।
नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो। चार दशमलव पाँच किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि ६१ घरमा बिजुली बलेको थियो। विद्युत् उपभोक्ता समितिका उपाध्यक्ष हर्कबहादुर बुढाका अनुसार नहर मर्मत गर्न आर्थिक अभाव भएको र तत्काल कतैबाट सहयोग हुने स्थिथि नभएकाले विद्युत् सेवा नियमित गर्न समय लाग्ने जानकारी दिए।
निर्माणको क्रममा गुणस्तरमा ख्याल नगरेकाले समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.