दुवई लान ‘बोर्डर’ पुर्‍याइएका तीन युवतीको उद्धार


बर्दिया : भारतको राजधानी नयाँदिल्ली हुँदै दुवई लैजान लागेका तीन युवतीलाई प्रहरीले बर्दियाबाट उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमाण्डमा रहेको टोलीले कालिका गाउँ विकास समिति ७ कर्णालीपुरबाट गोरखाका तीन युवतीलाई उद्धार गरेको हो ।
युवतीलाई विदेश पठाउन लागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखनको अभियोगमा बर्दिया मैनापोखर गाविस ९ निवासी २८ बर्षीय शान्तिकुमारी थारु र वीरेन्द्रनगर नगरपालिका सुर्खेत घर भइ हाल मैनापोखर ९ बस्ने डम्मर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
मानव बेचविखनका प्रमुख नाइके जमुनी १ निवासी ४४ बर्षीय दुर्गा बिक भनिने दुर्गाबहादुर सुनार फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताए ।

फरार विकले २० देखि २५ वर्ष उमेर समूहका युवतीलाई विभिन्न आश्वासन काठमाडौं हुँदै बर्दिया पुर्याएको पीडित युवतीले बताएका छन्। युवतीलाई पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बर्दियाको बाँसगढी नगरपालिकाको मामा होटलमा तीन दिन राखिएको युवतीले बताएका छन्।

राम्रोसँग नेपाली बोल्न नजान्ने युवतीलाई नेपाल भारत सीमा नजिक बलैगाउँ बजार भएर भारततर्फ लैजाने क्रममा सानाहातहरु नामक गैरसरकारी संस्थाको सूचनाको आधारमा प्रहरीले उद्धार गरेको हो।
श्रेष्ठ र थारुसँग तीनजना युवती देखेपछि चेलीबेटी बेचविखनका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले सोधपुछ गर्दा विवाहको लागि कपडा किन्ने भनेपछि शंका मानेर प्रहरीलाई खवर गरेको संस्थाकी बोर्डर स्टाफ विमला नेपालीले बताइन्।

पक्राउ परेकालाई मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन ०६४ अन्र्तगत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।                                                             

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.