देउवाले भने,‘राप्रपाको झापामै बढी भोट आएको छ, ओलीजी होसियार हुनुस्’

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी जनताको भावना समेट्न संविधान संशोधन प्रस्ताव संसदमा टेबुल गरिएको बताएका छन्। उनले संविधान संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाएर त्यसको कार्यान्वयनका लागि चुनावमा जानु पर्ने बताए।
शुक्रबार राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा पार्टीको तर्फबाट शुभकामना व्यक्त गर्दै देउवाले तीन तहको निर्वाचन आवश्यक रहेको बताए। उनले संविधान कार्यान्वयनका लागि स्थानीय, पान्त र संघीय चुनाव आवश्यक रहेको बताउँदै सवैलाई दलहरुलाई सहमतिमा आउन आग्रह गरे। उनले स्थानीय निर्वाचनमा मधेस, पहाड र हिमालका जनताको सहभागीता जरुरी रहेको बताए।
देउवाले संशोधन प्रस्ताव राष्ट्रको हितमा रहेको दाबी गर्दै त्यसलाई पास गर्न सहयोगका लागि राप्रपासहितका दलहरुलाई आग्रह गरे। उनदे राप्रपा राष्ट्रको हितलाई ध्यानमा राखेर संशोधनको पक्षमा अडिने विश्वाससमेत व्यक्त गरे।
राप्रपाले एमालेबाहेकका शक्तिलाई धक्का दिन सक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति लक्षित गर्दै देउवाले सवैभन्दा बढी भोट झापामै आएको भन्दै ओलीलाई होसियार हुन आग्रह गरे। ‘ राप्रपाको झापामै सवैभन्दा बढी भोट आएको छ। ओलीजी होसियार हुनुस्,’ देउवाले भने।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.