पोर्न स्टार भन्छु भन्ने अर्चना पनेरुको रेट साढे चार करोड

नेपाली चलचित्र बजारमा अर्चना पनेरु कुनै नौलो नाम होइन । पोर्नस्टार बन्ने सपना बोकेर लामो समय भारत बसाईपछि पुनः आएपछि उनी एक्कासी चर्चामा आईन् । 






चर्चामा आएको एक बर्षभित्रै उनले दुर्इ वटा नेपाली फिल्ममा काम गर्ने मौका पनि पाइन् । केही म्युजिक भिडियोहरुमा पनि काम गरिन् । हाल उनको चर्चा नेपालमा मात्रै होइन, भारतमा पनि रहेछ भन्ने भारतीय एक मिडियाले उनको बारेमा समाचार लेखेपछि अझ बढी स्पष्ट भएको छ । चर्चित वलिउड अनलाइन दैनिक भास्कर डटकमले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनको नाम दिएको छ । तर हाँस्यास्पद कुरा के छ भने उक्त वेवसाइटले अर्चनाको बारेमा लेख्दै उनले एउट फिल्म खेलेवापत साढे चार करोड लिन्छिन् भन्ने अफाह हल्ला फिजाएको छ । 

जबकी नेपाली चलचित्र उद्योगमा सायदै चर्चित हस्तिहरुले पनि लिँदैनन् होला एउटा फिलिम खेलेवापत त्यति ठूलो रकम । राजु गिरीले ‘जिस्म’ बाट अर्चनालाई चलचित्रमा डेब्यु गराएका थिए । तर त्यसमा उनीहरुबीचको पारिश्रमिक भनेको डेढ दुई लाखकाे सहमति भएकाे थियो । कुनै पनि ठाउँको बारेमा राम्रोसँग अध्ययन नगरी समाचार बनाउने बलिउड अनलाइनहरुले यो पटक अर्चना पनेरूको काण्डमा फसेको देखिन्छ । यसरी नेपाली विषयको समाचारमा गम्भिरता नअपनाउने यस अनलाइन गलत जानकारी दिएकाे छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.