सीआइबीको सई भन्दै ठगी गर्ने पक्राउ



सर्लाही- सीआइबीको सहायक निरीक्षक भन्दै ठगी गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सर्लाहीको हरिवनमा मोटर साइकलको लाइसेन्स बनाइदिने भन्दै रुपैयाँ उठाएका बार पर्सौनी–२ का अजय कुमार गुप्ता भनिने विजेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेको छ। पक्राउ परेका चौधरी जिल्ला प्रशासनको अधिकृत समेत भनि ठगी गर्दै आएको अनुसन्धानमा खुलेको छ। सरकारी नम्बर प्लेटको मोटर साइकलमा जि.प्र.का. लेखेर ठगि गरेको अरोपमा चौधरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। बा २ व २४८३ नम्बरको सेतो मोटर साइकल सहित पक्राउ परेका चौधरीलाई सर्लाही जिल्ला अदलातबाट ठगी मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.