अन्ततः देउवासँग हारे गृहमन्त्री निधि, प्रचण्ड पनि पछि हटे, जयबहादुर चन्द प्रहरी प्रमुख बन्ने

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अडानसामु प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि हारेका छन् ।
देउवाले नेपाल प्रहरीको २५ औं महानिरीक्षक (आईजीपी) तेस्रो वरियताका डीआईजी जयबहादुर चन्दलाई बनाउने अडान लिएका थिए । तर, यो अडानसामु वरियतामा पहिलोे स्थानमा रहेका नवराज सिलवाललाई आईजीपी बनाउने पक्षमा रहेका प्रधानमन्त्री र गृहमन्त्री पछि हटेका हुन् ।
अब गृहमन्त्री निधि चन्दलाई आईजी बनाउन तयार भएका छन् भने प्रधानमन्त्री पनि कांग्रेसको यो निर्णय मान्न बाध्य भएका छन् । हुनत नेपाल प्रहरीको आईजीपी छान्ने जिम्मा कांग्रेसको भागमा परेको थियो । किनकि देउवा प्रचण्डबीच प्रहरीको आइजी कांग्रेस र सशस्त्रको आइजी माओवादी केन्द्र निकट अधिकारीलाई बनाउने समझदारी भएको थियो ।
यता देउवाको अडानसँग हारेका गृहमन्त्री निधिले विहिबार गृह सचिव लोकदर्शन रेग्मीलाई चन्दलाई आईजी बनाउन क्याविनेटमा पेश गर्ने प्रस्ताव तयार पार्न निर्देशन दिएको स्रोतले बतायो । यो प्रस्ताव आइतबार क्याविनेटमा पेश हुनेछ ।
चन्द प्रहरी महानिरीक्षकका दाबेदारहरुमध्ये तेस्रो बरियतामा छन् । पहिलो बरियतामा डीआइजी नवराज सिलवाल, दोस्रो बरियतामा डीआइजी प्रकाश अर्याल र चौंथोमा बमबहादुर भण्डारी छन् । तर, देउवाको दबाबमा निधिले रोलक्रम मिच्न लागेका हुन् ।
देउवा र निधि मिलेपछि प्रधानमन्त्री प्रचण्डलाई झट्का लागेको छ । देउवासँग विवाद बढेपनि प्रचण्ड भने कुनै पनि हालतमा प्रहरीको चेन अफ कमाण्ड बिगार्न नहुने अडानमा छन् । पहिलो रोलक्रममै रहेका नवराज सिलवाललाई प्रहरीको प्रमुख बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको अडान छ । तर, यही अडानलाई लिएर सरकार नै धर्मराउने खतरा बढेको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आगामी सोमबार (फागुन २ गते)बाट अनिवार्य अवकाश पाउँदैछन् । आगाामी आइतबार नै प्रहरीको नयाँ प्रमुख नियुक्त गुर्नपर्ने सरकारलाई बाध्यता छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.