थवाङबाट फर्कदा किन माओवादी छाड्दैछन् विप्लव ?


काठमाडौं– अन्य धाराका माओवादीले कोठाभित्र २२औं जनयुद्ध दिवस मनाउँदा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको माओवादीले खुलामंचमा शक्ति प्रर्दशनसहित यो दिवस मनायो । काठमाडौंमा ठाँउ–ठाँउमा गेट बनाएर विप्लवले माओवादीले आफ्नो आठौं महाधिवेशनको उद्घाटन गरेको थियो, जहाँ विप्लवले शुभकामना दिन भनेर प्रचण्ड र बाबुराम भट्टराईलाई निम्ता पनि गरेका थिएनन् । अर्थात मुद्दाका हिसावले जनयुद्धकालीन माओवादी धाराको नेतृत्व आफुले गरेको सन्देश दिन चाहेका थिए, विप्लवले ।
तर, तीनै विप्लवले अवको चार दिनपछि औपचारिक रुपमा ‘माओवादी’ छाडे भने अचम्म नमाने हुन्छ । ‘माओवादी’ विरासत नछाडेपनि विप्लवले ‘माओवादी’ छाड्दै छन् । काठमाडौंमा उद्घाटन गरिएको विप्लव माओवादीको महाधिवेशनको बन्दसत्र फागुन ५ गतेबाट रोल्पाको थवाङमा शुरु भएको छ । आठौँ महाधिवेशनको बन्दसत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
यही प्रतिबेदनमा उनले ‘माओवादी छाडने’ प्रस्ताव राखेका छन् । माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले माओवादी आन्दोलनको ‘विरासत’ बचाउन नसकेको विप्लवको ब्याख्या छ । तर, उनी आफै चाहीँ ‘माओवादी’ सँग दूर हुँदैछन् । विप्लवको बुझाईमा प्रचण्ड–बाबुराम लगायतका नेताले ‘माओवादी’ को विरासत धान्न त सकेनन् नै बरु यसलाई प्रदुशित बनाए । ‘माओवादी’ छाडने विप्लवको प्रस्ताव मुद्दाबाट पनि भाग्ने कोशिष हो वा आन्दोलनलाई नयाँ शिराबाट उठाउने ‘प्रयास’ भविष्यमा मात्र देखिने विषय हो ।
देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई सय पर्यवेक्षकले थवाङकोबन्दसत्रमा सहभागिता जनाएका छन् । भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको यो बन्दसत्रले ‘माओवादी’ छाड्ने प्रस्तावलाई वैधानिकता दिनेछ । त्यसो भयो भने विप्लव नेकपा माओवादीका महासचिव हुने छैनन् । उनी के हुन्छन्, त्यो विषय राख्नु अगाडि अरु पाटा माथि केही जानौँ ।
शुक्रवार अर्थात फागुन ६ बाट राजनीतिक प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधान समूहगत रुपमा छलफल हुनेछ । महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवम् अञ्चल ब्युरो र हरेक जिल्लाबाट कम्तीमा एक र बढीमा १० जनासम्म प्रतिनिधिको सहभागिता रहेको छ । ‘माओवादी’ छाडने र एकीकृत क्रान्तिको कार्यदिशामाथि ठोस योजना तयार पार्ने भएकाले नेपाली राजनीतिमा विप्लव माओवादीको थवाङ बन्दसत्रलाई महत्वका साथ हेरिएको छ । थवाङमा आफ्नै पार्टीको पहलमा बनेको भव्य सभाहलमा नेता–कार्यकर्ताले विप्लवको राजनीतिक प्रस्तावमाथि छलफल गरिरहेका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.