सीके राउतका कार्यकर्ताद्धारा प्रहरी चौकीमा ढुंगामुढा, हतियार लुटेर लगे


भैरहवा, ८ फागुन । रुपन्देहीको दक्षिण मर्चवारस्थित वडवलिया प्रहरी चौकीमा ढुगांमुढा भएको छ । र, एक थान हतियार पनि लुटिएको छ ।
ढुगांमुढा हुँदा तीन जना प्रहरी घाइते भएका छन् । सीके राउतका कार्यकर्ताको कमाण्डमा आएको स्थानीयको एक टोलीले प्रहरी चौकीमा आक्रमण गरेको रुपन्देही प्रहरी स्रोतले बतायो ।
ढुंगामुढापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको छ ।
लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाका अनुसार झडपको क्रममा प्रहरीको साथमा रहेको लङ ब्यारेल गन नामक एउटा हतियार लुटिएको छ । हतियारको खोजी भइरहेको र ढुंगामुढा गर्नेको पहिचान गर्ने कार्य थालिएको रुपन्देही प्रहरी प्रवक्ता वेलवहादुर पाण्डेले बताए ।
शनिबार पनि मर्चवार क्षेत्रको मझगावामा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । आजको घटनामा पनि उनीहरुकै संलग्नता रहेको प्रहरीको दाबी छ ।
घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.