यति एयरका यात्रु टैलेन्द्र आर्चाय भन्छन्, “प्रभू येशूकाे इच्छाले बाँचे”


 ९ असोज, काठमाडौं । (भैरहवा विमान दुर्घटनाबाट बच्न सफल भएका यात्रु टैलेन्द्र आर्चायको अनुभव) शनिबार अफिसको कामले यती एयरलाइन्सबाट काठमाडौंबाट भैरहवाको यात्रामा थिए । करिव पाँच बज्नैलाग्दा भैरहवाको एयरपोर्टमा हामी चढेको विमान अवतरण गर्‍यो । विमान करिव पाँच बजे भैरहवा विमानस्थलको धावन मार्गमा अवतरण गर्दै थियो, विमान त्यहाँ पुगेपछि संभवतः विमानलाई रोक्नु पर्ने ठाउँमा चालकले विमानलाई रोक्न खोजीरहेका थिए । तर विमानको स्पिड एक्कासी झन वढ्न थाल्यो । विमान भित्र सवार २९ जना यात्रुहरुले थाहा गर्‍यौकी अब विमान पाइलटको नियन्त्रणवाहिर गइसक्यो र अब विमान दुर्घटनामा पर्ने भयो । अनी सवै यात्रुहरु चिच्चाउन थाले विमान भित्र । विमान हेर्दाहेर्दा रनवे छोडेर नियन्त्रण वाहिर जान थाल्यो । त्यतिन्जेलसम्म विमानका तिन ओटा पांग्राहरु पड्की सकेका थिए । विमान पांग्राविना नै ओभर स्पिड भएर विमान करिव २०० मिटर टाढा धावनमार्गबाट पश्चिमतिरको हरियो झाडीको खाल्डोमा वजारियो । विमानको पछिल्तिरको भागमा एक्कासी आगोको हल्का ज्वाला देखा पर्यो । विमानभित्रका यात्रुहरु सवै हारगुहार गर्न थाले । म विमानको सवै भन्दा पछाडीको सिटमा थिए, अनि एक्कासि मैले पछिल्तिरको एमेरजेन्सी झ्याल खोलेर म सवैभन्दा पहिला नै वाहिर हाम फाल्न सफल भए । त्यतिवेला प्रायः यात्रुहरु आ–आफ्नो झोलाहरु बोक्न थाले । मैले भने मैले इमेरजेन्सी झयाल खोलेको छु, “सवै आफ्नो झोला त्यही छोडेर भाग्नुहोस्” विमानमा आगो लागि सकेको छ । अनी सवैजना झोला त्यही छोडेर भाग्न सफल भए । र म पनि एक्कासि त्यही झयालबाट वाहिर निस्कन सफल भए । जब विमान अवतरणका क्रममा ओभर स्पिड भयो । मैले थाहा गरेकी अब विमान दुघर्टनामा पर्ने भयो भनेर अनि मैले प्रार्थना गर्न शुरु गर्न थाले । ओ लर्ड जिजस सेभ मि (प्रभु मलाई बचाउनुहोस् भनेर प्रार्थना गर्न थाले ) अन्ततः विमान खाल्डोमा ओभर स्पिडमा वजारियो । सवैभन्दा पहिला म वाहिर निस्कन सफल भए । विमानमा आगोको ज्वाला देखिएको थियो तर विमानबाट वाहिर आउदा त्यो आगोको ज्वाला कसरी निभ्यो पत्तै भएन । यो सव प्रभुको कारणले संभव भयो होला । किनकि त्यो आगोको ज्वाला ननिभेको भए चालकदलसहित सवै ३२ जना यात्रुहरु पनि मर्ने थियौ होला । हामी सवै सकुशल वाँच्न सफल भयौ । अनी मैले परमेश्वरलाई धन्यवाद दिए । मैले यो दुर्घटनाबाट मैले विश्वास गरेको परमेश्वर कति भला र अनुग्रहकारी हुनुहुँदो रहेछ भनेर उहाँको महानतालाई नजिकबाट स्पर्श गर्ने अवसर पाए । कसैलाई अनर्थ नलागोस् संभवतः विमान भित्र मैले परमेश्वरलाई प्रार्थना गरेको कारणले चालकदलसहित हामी सवै यात्रुहरु वाँच्न सफल भएका छौ । हामी सवैले नयाँ जिवन पाएका छौ । म निर्धक्क साथ भन्न सक्छु, म आजको विमान दुर्घटनाबाट प्रभुको अनुग्रहले मात्र बाँचेको छु । मैले येशू प्रभुमा विश्वास गरेको थुप्रै वर्षमा परमेश्वर कति महान हुनुहुन्छ भनेर आजको विमान दुर्घटनाबाट प्रत्यक्ष थाहा गरे । परमेश्वर मेरो संकटमा मेरो साहारा वन्नुभयो । अब म यो गवाही सवैलाई दिन्छु । विमानबाट वाहिर हाम फाल्दा खुट्टा माटोमा वेस्सरी वजारिदा हल्का चोट लागेको छ । अन्य आधा दर्जन जति यात्रुहरुलाई साधारण चोट लागेको छ । हाल म वुटवलको होटलमा सकुशल वसेको छु । केही दिनको आफिसको काम सकेर यसै हप्ता काठमाडौं फिर्ति हुने योजना छ । प्रार्थना गरिदिनु होला ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.