भारतलाई पाकिस्तानी जवाफ : हामी नेपाल र भुटान जस्तो लाचार होइन



९ असोज, एजेन्सी । भारत र पाकिस्तानबीच युद्धका भाषा चर्किरहेको समयमा दुई देशका मिडियाबीच पनि प्रोपागण्डा युद्ध शुरु भएको छ । भारतीय मिडियाले पाकिस्तानलाई खुइलाउने प्रयास जारी राख्दा पाकिस्तानी मिडियाले पनि टक्कर दिने कोशिस गरेका छन् । विविसी हिन्दिमा प्रकाशित एक फिचरका अनुसार यो हप्ता पाकिस्तानबाट छापिने उर्दु पत्रिकामा भारत प्रशासित कश्मिरको उरी सेक्टरमा भएको हमला, संयुक्त राष्ट्रमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफको भाषण, रुस र पाकिस्तानी सेनाको संयुक्त अभ्यासका खबरलाई मुख्यता दिइएको छ । उर्दू दैनिक ‘औसाफ’ ले भारत र पाकिस्तानबीचको लडाईमा सबै जायज हुन्छ भन्दै लेखेको छ, ‘चाहे त्यो दुश्मनलाई तल देखाउन, नोक्सान पुर्याउन र उसको बढ्दो दबाबलाई रोक्नको लागि, असक्षम बनाउनको लागि आफ्ना सैनिक अथवा नागरिकलाई नै किन न मराउनु परोस । यो नीति कयौ हजार बर्ष पहिलाको कुटनीति चाणक्यले सुझाएका थिए । जुन उनकाको पुस्तक अर्थशस्त्रमा छ ।’ पाकिस्तानकै ‘जंग’ भन्ने दैनिकले संम्पादकीय लेख्दै उरी हमलाको बहाना बनाएर भारत लडाइको माहोल बनाउन कोशिश गरीरहेको र भारतलाई पाकिस्तानी जनता र उसका सेना देशको सुरक्षाकोलागि पूर्ण रुपमा तयार भएको जानकारी हुनु पर्ने भनेको छ । ‘नवा–ए–वक्त’ भन्ने अर्को पत्रिकाले पाकिस्तानी सेना प्रमुख जनरल राहील शरीफले ‘भारतको कुनैपनि कारवाहिको जवाफ दिइने छ’ भन्ने भनाइलाई मुख्य हेडलाइन बनाएको छ । तर अर्को पत्रिका एक्सप्रेसले केही मत्थर पार्ने भाषामा “हामी सबै एकै स्वरमा बोलौ” शीर्षक राखेर लेखेको छ, शीर्षकमा लेखेको छ कि ‘एक परमाणु शक्ति अर्को परमाणु शक्तिलाई धम्की दिइरहेको छ । जताबाट हेरेपनि यो दुबै देशकोलागि फाइदा छैन । पत्रिकाले लेखेको छ भारतको व्यवहार को उद्देश्य शक्ति प्रर्दशन गर्नु र यसको वास्तविक संम्बन्ध पाकिस्तानको सट्टा भारतमा हुने निर्वाचन हो ।’ नेपाल भारतका अगाडी लाचार? नेपाल र भुटान भारतका अगाडी निरिह देश रहेको संकेत गर्दै उक्त पत्रिका भन्छ, “पाकिस्तान यदि परमाणु शक्ति नभएको भए भारतले सैन्य कारवाहि गर्न कत्तिपनि ढिला गदैनथियो ।’ पत्रिका लेख्छ, ‘हामी युद्ध चाहदैनौ,तर मीहा भूटानी र नेपाली पनि होइनौ र यो संदेश पाकिस्तानी सरकार र पाकिस्तानी जनताको तर्फबाट एउटै स्वरमा जानु पर्छ ।” यो पत्रिकामा नेपाल र भुटनानको नाम लिएर लेखिएको अंशले पाकिस्तानमा भारतले नेपाललाई निरिह बनाएर राखेको भन्ने बुझाइ पाकिस्तानमा ब्याप्त रहेको बुझ्न कठिन छैन । नेपालमा भुटानिकरण भन्दै भुटानको मोडल भारतले नेपालमा अपनाउन खोजेको भन्ने गरिन्छ । तर पाकिस्तानमा भने नेपाल र भुटान भारतका लागि बराबर हैसियतका भएको भन्ने बुझाइ रहेको पत्रिकाले देखाएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.