मृत्युको पुर्जा लिएर बसेकी सन्ध्याको स्वास्थ्यमन्त्रीलाई खुला पत्र !

सन्ध्या शाही जुम्ला हाल काठमाडौं 
 माननीय स्वास्थ्यमन्त्री गगन थापा नमस्कार ।
३ महिना पहिला जुन दिन मलाई भक्तपुर क्यान्सर हस्पिटलले मृत्युको पुर्जा दिएर घरमा बसी मृत्यु पर्खेर बस्ने सल्लाह दियो । त्यो दिन , मेरो यो १९ बर्षे कलिलो मन कस्तो भयो होला । सायद हजुरलाई भन्नु नपर्ला । म त्यो दिन कति रोए कति चिच्चाए । आखिर नरोएर के गरू । मेरो मुटु यति छियाँछियाँ भएको थियो सायद अहिले बिस्तारै मथ्थर हुदैछ मेरो धैर्यताले । शब्दमा कसरी लेखु । रुनु र चिच्चाउनु बिस्तारै मृत्यु अवस्यभावी सबैको भन्नु बाहेक अरु के नै पो थियो र मसँग । हो मलाई हरेक मानिसलाई जस्तै बाँच्ने, खेल्ने, रमाउने, रहरहरू त अवस्य थियो । विज्ञानले प्रमाणित हस्पिटलको निर्णय मृत्युको पुर्जीआयो । यसपछि म अबको पुग नपुग तीन महिना बाच्छु अरे । यो कुराले हर रात, हर दिन मेरो मुटु घोचेको घोचै छ । म धेरै के पो बोल्न सक्छु र ? माननीय मन्त्री, त्यो दिन वा मेरो मरणको दिन सम्झन्छु । साचिँ त्यस दिन मेरा सारा आफन्त कसरी रोलान । कति भक्कानिलान । म कल्पनै गर्न सक्दिन । मुख्य कुरा आफुले खाई नखाई यो उन्नाईस बर्षसम्म हुर्काउने मेरो बाआमा कति रोलान । उनिहरूलाई सम्झाउने मानिसहरूले के भनेर सम्झाउलान । म सोचिरहेको छु । मलाई थाहा छ । म नेपालको कर्णाली भनिने भुगोलको जुम्ला जिल्लामा जन्मीए, हुर्के जहाँ अन्गिन्ती दुःखहरू छन्, अभावहरू छन्, जुन दुःख र अभावहरूले म जस्ता नागरिकहरूले केही न केही दुःखहरू पाइरहेका हुन्छ । जस्तो कि म जब क्यान्सर रोगी भए त्यसपछि आफैले अनुभव गरे दुर्गमका नागरिकका लागि कति पिडादायीक भुगोल रहेछ भनेर । अनि जब आफु बाँच्नका लागि हर मानिससँग आलाप विलाप गर्नथाले । बुझे मानिसका लागि दुर्गम सत्रु रहेछ भनेर । जे होस मैले अनुभव गरेका कुरा सत्य छन । र त त्यहि कुराको प्रेरणाले आज तपाईलाई मेरो मृत्युबारे जानकारी गराउँन लागिरहेको छु । अनि यो पत्र सकिनसकि लेखिरहेको छु । कृपया मलाई माफ गर्नुस है । मैले सानै देखि तपाईको बारे सुनेको छु । तपाइको बारे पढेको छु । तपाईं जस्ता अरू पनि धेरै मानिसहरू हुदाँहुन यो देशमा । तर नचिने पनि तपाईलाई नजिकको जस्तो लाग्यो । सम्झे तपाईले कुरो बुझ्नु हुन्छ मेरो । अनि यो चिठी लेखेको हु । खास तपाईंलाई पनि मेरो मृत्युको खबरबारे जानकारी गराएको हुँ यसै पत्रबाट । मलाई थाहा छ, म मेरै मृत्यु मर्न लागेको छु । तर यति सानो उमेरमा म मर्नलागे । त्यसकुराले म साह्रै दुःखी छु । “माननीय मन्त्री ज्यू, म पनि यहि देशमा जन्मे, यहि देशमा हुर्के, जहाँ तपाईं पनि जन्मनु भो र हुर्कनु भो । तर तपाईंलाई एउटा कुरा सोध्न मन लागेको छ । तपाईं बिरामी हुदाँ वा बिरामी लगेर हस्पिटल जादाँ हस्पिटलमा कति माया गर्छ? कति सम्मान गर्छन ? तपाइलाई याद होला अनुभव होला तर मलाई त त्यस्तो कुराको अनुभवै भएन्, यादै भएन । र, त हजुरलाई मेरो मृत्युको जानकारी दिईरहेको छु ।” खासमा मैले धेरै दुख पाए धेरै आपत खेपे । पाएको दुःख सम्झिदा लाग्छ । म यो देशको नागरिक हैन जस्तो । मेरो आँखाले कति हो कति बेथितिहरू देखे । त्यो बेथितिको सिकार म पनि भए । र, सम्झे बेथितिहरूले म जस्ता अरू हरू पनि दिनदिनै मरिरहेका होलान् । अनि मनमनै सम्झेर तपाईलाई जानकारि गराउन मन लाग्यो । चिठी लेखिरहेको छु । हुन त म एक दिन मर्ने नै थिए । तर केही समय चाडै मर्ने भए । यसैले म दुःखी त छु भन्नै प¥यो । हो म दुःखी छु । अनि म मर्नु पहिले तपाईलाई भेटेर केही कुरा गर्न चाहन्छु । खासमा हाम्रो देशमा लापरवाही किन हुन्छ ? बुझेर जान चाहन्छु । मर्न चाहन्छु । माननीय मन्त्री ज्यु । हुन त म बाचेर पनि देशको लागि के गर्न सक्थे होला र । तर म मर्ने पक्का भए पछि कहिन कतै देशको हो या आफ्नो खुब माया लागिरहेको छ । किन हो खै । मैले देखेका बेथितिहरू प्रति मेरो मनमा धेरै घृणा छ । लाग्छ म अब त केही दिन पछि मर्छु पनि होला । तर मैले मेरो उपचार गर्दा पाएको दुःख हजुरलाई सबै भन्न चाहन्छु । न कि म जस्ता यो देशका नागरिकले म जस्तो दुःख नपाउन, पीडा नपाउन, बेथितिको सिकारले मृत्यु नपाउन । तपाईलाई मेरा धेरै कुराहरू भन्नुछ । जुन कुराहरू म चाहेर पनि यस पत्रमा लेख्न सक्दिन्, भन्न सक्दिन । घाउँ पनि दुखेर बढिरहेको छ । पिडाले मुटु कापिरहेको छ । म यो भन्दा बढि लेख्न सकिन । कृपया सक्नु हुन्छ भने म मर्नु पहिले म हजुरसगँ सबै कुरा भन्ने समय पाउँ । सक्नु हुन्न भने यो काम चाँहि गरिदिनुहोला । देशका हर नागरिकलाई मृत्यु दिने बेथितिहरूको अन्तहोस । लापरवाहिले एक बर्ष पछि मर्ने नागरिक एक बर्ष अघि न मरोस । नमस्कार ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.