बाघको बिगबिगि बढेपछी


बैतडी– सुदूरपश्चिमको बैतडीमा चितुवाको बिगबिगी बढेसँगै नेपाल विद्यार्थी संघ बैतडीसँगको सहकार्यमा नेपाल विद्यार्थी संघ गोकुलेश्वर कृषि क्याम्पस इकाइले गाउँगाउँमा पुगेर सचेतना अभियान सुरु गरेको छ । उक्त अभियानको उद्देश्य चितुवाको आक्रमणबाट बालबालिकालाई बचाउन सचेतना जगाउनुका साथै जिल्लाका सम्पूर्ण उच्चमाविहरुमा वैज्ञानिक शुल्क निर्धारणका लागि समेत भएको क्याम्पसका इकाई अध्यक्ष राजेन्द्र बलमे जानकारी दिए । उनका अनुसार असोज ४ गतेदेखि सुरु भएको अभियान आगामी १४ गतेसम्म चल्नेछ । नरभक्षी चितुवाले बालबालिकालाई आक्रमण गर्दा हालसम्म २२ जनाको ज्यान गइसकेको छ भने दर्जनौं घाइते भएका छन् । उक्त नरभक्षी चितुवालाई मार्न स्थानीय प्रशासनले प्रहरी टोली परिचालन गरेपनि हालसम्म फेला पार्न सकेको छैन ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.