काठमाडौंबाट भैरहवा हिँडेको बस त्रिशूलीमा खस्यो, एकको मृत्यु, आठ जनाको जीवितै उद्धार
काठमाडौंबाट भैरहवातर्फ हिँडेको यात्रुबाहक बस मंगलबार राति त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै लु.१ख. ७३७१ नम्बरको यात्रुबाहक बस नदीमा खसेको चितवनका प्रहरी प्रमुख एसपी वसन्त कुँवरले सेतोपाटीलाई बताए। उनका अनुसार नदीबाट ८ जनाको जीविकै उद्धार गरिएको छ।
बसमा कति मान्छे थिए यकिन हुन नसकेको कुँवरले जानकारी दिए। उनका अनुसार पानीमा बगेर केही बेपत्ता भएको आशंका गरिएको छ। दुर्घटनास्थलमा प्रहरीले बेपत्ताको खोजी र उद्धार गरिरहेको कुँवरले बताए।
बस करिब ८ः४५ बसे सडकबाट नदीमा खसेको अनुमान गरिएको छ। दुर्घटनाको थप विवरण अाउन बाँकी छ।
0 comments
Write Down Your Responses