पाकिस्तान र भारतबीच भीषण भीडन्त, १८ जनाको ज्यान गयो

एजेन्सी- पाकिस्तान र भारतबीच जारी दोहोरो भीडन्तमा परेर १८ जनाको ज्यान गएको छ । 

भारतीय सुरक्षा फौज र पाकिस्तानी सुरक्षा फौजबीच देहोरो भीडन्तमा २ जना भारतीय सुरक्षा अधिकारी लगायत एक जना सर्वसाधारणको ज्यान गएको छ भने पाकिस्तान तर्फबाट १५ सुरक्षा अधिकारीको मृत्यु भएको खवर छ । 

गत मंगलबार देखि जम्मू-कश्मिर स्थित धेरै ठाउँहरुमा गोली हानाहान भैरहेको छ । हिजो मात्र दुई भारतीय जवानको आक्रमणमा परेर ज्यान गएको थियो । 

भारतीय सुरक्षा फौजका एडीजी अरुण कुमारले बताए अनुसार, भारतीय सुरक्षा फौजको जवाफी फायरमा परेर १५ जना पाक रेन्जर्सहरुको ज्यान गएको छ । अन्य घाइतेहरुलाई पाकिस्तानी एम्बुलेन्सले उपचारका लागि लादै गरेको जानकारी पनि उनले दिए ।

उता भारत स्थित अखनूर भन्ने ठाउँमा पनि पाकिस्तानी तर्फबाट आक्रमण भएको समाचार प्राप्त भएको छ । आक्रमणमा परी पाँच भारतीय सुरक्षा अधिकारी घाइते भएका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.