सार्वजनिक बिदा दिने निर्णयमा आफुलाईमात्र मुछेर प्रचार गरिएको भन्दै प्रधानमन्त्री दुःखी

प्रधानमन्त्री पुष्पकमल दाहालले दुई छिमेकी भारत र चीनका राष्ट्र प्रमूख नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिने निर्णय सबैको सुझावको आधारमा गरिएको प्रष्ट पार्नुभएको छ । उहाँले सुरक्षा निकाय र राजनीतिक दलका नेताहरुले छिमेकी राष्ट्र प्रमुखहरु आउँदा विदा दिँदा राम्रो हुने सुझाव दिएकाले मन्त्रिपरिषदले बिदा दिने निर्णय गरेको स्पष्ट पार्नुभयो ।
कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन शुक्रवार बालुवाटार पुगेका सयुंक्त विद्यार्थी मण्डलसँगको भेटमा प्रधानमन्त्रीले बिदा आफ्नो एकल निर्णय नभएको प्रष्ट पार्नुभयो । उहाँले बिदा दिने प्रस्ताव र निर्णय प्रधानमन्त्री र दाहाल नै भएकोझैं गरी प्रचार गरिनु दुःखद भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुको एकताले आफू प्रभावित भएको भन्दै आफू सबैसँग समान धारणा बनाएर महाभियोग पारित गराउने पक्षमा रहेको समेत जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.