एकाएक झुक्दै ‘ब्याक’ भए गृहमन्त्री निधि

काठमाडौं, ३ कत्तिक । पर्सा र सिरहाका दुई एसपीलाई एकाएक केन्द्रमा तानेका गृहमन्त्री विमलेन्द्र निधिको कार्यशैलीको चौतर्फी विरोध भएपछि आफ्नो निर्णयबाट ‘ब्याक’ भएका छन् ।
निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका एसपी श्याम ज्ञवाली आ–आफ्नो कार्यक्षेत्रमा फिर्ता पठाइएको छ ।
अपहरण र हुन्डीमा जोडिएका व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै निधिले निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्मामार्फत एसपीद्वय श्रेष्ठ र ज्ञवालीलाई काठमाडौं झिकाएका थिए । निधिको यो कार्यशैलीको सबैले विरोध गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्त डिआईजी हेमन्त मल्लले सिरहा र पर्साका दुबै एसपीलाई आआफ्नो कार्यक्षेत्र फिर्ता पठाएको बताए ।
उनले भने, ‘जिल्लाको शान्ति सुरक्षाको स्थिति बुझ्न मात्रै उहाँहरूलाई केन्द्रमा बोलाइएको थियो । फेरि आफ्नै जिल्ला पठाइएको छ ।’

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.