अब ओलीसँग एक्लै वार्ता गर्दिनः देउवा

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सहमतिमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको भन्दै एमालेले झुट बोलेको बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकका देउवाले महाअभियोग प्रस्ताव ल्याउनु अघि आफूसँग छलफल भएको स्वीकार गरे । तर, आफूले पार्टीमा छलफल गर्छु भनेको उनले बताए ।
बैठकमा सहभागी एक नेताका अनुसार देउवाले कहिले दर्ता हुँदैछ भन्ने जानकारी नभएको बताए ।
Close ad X

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सहमतिमा महाअभियोग प्रस्ताव आएको भन्दै झुट बोलेको उनले बताए । देउवाले अब ओलीसँग एक्लै वार्ता नगर्ने समेत बताएका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.