कमल थापा आजदेखि केपी ओलीको मोर्चाबाट प्रचण्ड मोर्चामा !

काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विपक्षमा मत दिएको राप्रपा नेपाल पनि
फाइल तस्बिर
फाइल तस्बिर
आजदेखि सत्तापक्ष हुँदैछ ।
सरकारमा सहभागी राप्रपासँग पार्टी एकता हुने भएपछि राप्रपा नेपालसमेत सत्तापक्षमा परिणत हुन लागेको हो ।
वर्तमान काँग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार बनेयता राप्रपा नेपाल संसदमा एमालेसँगै प्रतिपक्षमा थियो ।
दुई पार्टीले राजधानीमा एक कार्यक्रम गरी आज पार्टी एकताको औपचारिक घोषणा गर्र्दैछन् ।
दुई पार्टीबीच गत ३० कात्तिकमा भएको पार्टी एकतासम्बन्धी सैद्धान्तिक सहमतिमा राप्रपा नेपाल समेत सरकारमा सहभागी हुने उल्लेख छ ।
राप्रपा नेपालका केन्द्रीय सदस्य एवं सह–प्रवक्ता मोहन श्रेष्ठले आफ्नो पार्टी आजैको मितिदेखि सत्तापक्ष हुने जानकारी दिए ।
‘आज हाम्रो पार्टी एकता हुँदैछ’, श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘अब हामी पनि प्रतिपक्ष रहेनौं, सत्तापक्ष भयौं ।’ स्रोतका अनुसार पार्टी एकतापछि राप्रपा नेपालबाट सरकारमा मन्त्री थपिने छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.