आजको राशिफल – मिति वि.सं. २०७३ साल मंशिर ७ गते मंगलबार तदानुसार इश्वी सन् २०१६ नोवम्बर २२ तारिख

आजको राशिफल – मिति वि.सं. २०७३ साल मंशिर ७ गते मंगलबार तदानुसार इश्वी सन् २०१६ नोवम्बर २२ तारिख
मेष–प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

वृष–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ।

मिथुन–परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ।
कर्कट–अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ।

सिंह–राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ ।
कन्या–व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।
तुला–अनावश्यक भ्रमण हुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ।

वृश्चिक–सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ।
धनु–विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्या देखापर्ला ।
मकर–कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ।
कुम्भ–रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।
मीन–अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.