प्रचण्डले बालुवाटार बोलाएर ‘अहंकारी’को आरोप लगाएपछि ओलीले के भने ?



काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटार बोलाएर शीर्ष नेताको बैठकमा ‘अहंकारी’को आरोप लगाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएको खुल्न आएको छ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार ओलीले ‘अहंकारीको आरोपलाई हामीले गम्भीर रुपमा लिएका छौं’ भनेका थिए । यति भनिसकेपछि एमाले नेताहरु बाहिरिएका थिए । ‘ओलीजीले अहंकारी शब्दलाई गम्भीर रुपमा लिएको छु भन्ने प्रतिक्रिया दिएर हिंड्नुभयो’ बैठकमा सहभागी नेता श्रेष्ठले भने । संविधान संशोधनमा सहमति जुटाउन भन्दै प्रचण्डले बालुवाटारमा बोलाएको बैठकमा एमालेले संशोधनमा साथ दिन नसकिने निर्णय सुनाएपछि प्रधानमन्त्री ‘अहंकारी’को आरोप लगाएका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.