आजको राशिफल – मिति वि.सं. २०७३ साल मंशिर ८ गते बुधबार तदानुसार इश्वी सन् २०१६ नोवम्बर २३ तारिख



आजको राशिफल – मिति वि.सं. २०७३ साल मंशिर ८ गते बुधबार तदानुसार इश्वी सन् २०१६ नोवम्बर २३ तारिख – नवमी

 मेष–समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

वृष–नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ।

मिथुन–रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
 
कर्कट–प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ।

सिंह–आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ।

कन्या–गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।

तुला–बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।

वृश्चिक–ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ ।
धनु–रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

मकर–लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नेछ।

 कुम्भ–कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ, तर पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ।

 मीन–दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.