पेरिसमा मल्लिकामाथि हमला, अज्ञात समुहद्धारा कुटपिट



विश्वभरका चर्चित सेलिब्रेटीका लागि फ्रान्सको राजधानी पेरिस सुरक्षित स्थान बन्न छाडेको छ । महिना दिन अगाडि मात्र विश्व चर्चित रियालिटी स्टार किम कार्दशियनको अपार्टमेन्टमै प्रवेश गरेर वन्दुकधारीले उनलाई वन्धक बनाएका थिए । उनको साथबाट करोडौ रुपैयाँको गहना चोरिएको थियो । त्यसको एक महिना वित्न नपाउँदै एक चर्चित बलिउड नायिकामाथि पेरिसमा हमाल भएको छ । भारतीय मिडियाका अनुसार नोभेम्बर १२ मा नायिका मल्लिका सेरावतमाथि हमला भएको हो । आफ्ना पुरुष साथीसँगै आफ्नो अपार्टमेन्ट जाँदै गरेकी नायिका सेरवातमाथि मास्क लगाएका केहि मानिसले पहिला अश्रुग्यास फालेका थिए । यसपछि, उनी र उनका पुरुष साथीमाथि कुटपिट गरिएको बलिउड चर्चित अनलाइइन बलिउड लाइफले जनाएको छ । बेलुकी साढे ९ बजे यो घटना भएको अनलाइनले जनाएको छ । तर, उनको साथबाट कुनै गहना वा सामान भने चोरिएको छैन । कुटपिटबाट मल्लिका घाइते भएकी छिन् । घटनालगतै मल्लिकाले सुरक्षाकर्मीलाई खबर गरेकी थिइन् । यसपछि, मास्क लगाएका ती व्यक्तिहरु त्यहाँबाट भागेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.