चार पाँच तारे चेन होटल र जलविद्युतमा चिनियाँ लगानी भित्रिने



विश्व भर मौलाउँदो र उत्सुकताले भरिएको वान बेल्ट वान रोड नीतिले यतिबेला नेपाललाई पनि आबद्ध गरेको छ । नेपाल पनि उक्त चिनिया नीतिमा बाँधिएसँगै नेपालको लागि चिनिया लगानीको ढोका खुलेको छ । विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक चीनले नेपालमा साना रेष्टुरेण्टदेखि ठूला परियोजनासम्ममा लगानी बढाइरहेको छ र शनिवार देखि नेपालमा चिनिया नीति को अवधारणा अन्तर्गत जोडिएपछि चीनको सहयोगी हातहरुले नेपालको पर्यटन, उद्योग र जलश्रोतमा ठूलो सहयोग मिल्ने देखिएको छ । यहि नीति र मान्यतालाई आधार मान्ने हो भने नेपालले आफनो काँचुली फेर्दै जाने छ ।पर्यटन क्षेत्रबाट राम्रो राजस्व संकलन गरिरहेको नेपालले शनिवार चिनिया टोलीसँग काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीमा ५ तारे होटल निर्माण गरेर अर्थतन्त्र उकास्न सहयोगीको हात अघि सारेको छ । सूर्या ग्रुप अफ कम्पनीसँग शनिवार हस्ताक्षर गरेर लगानीको बाटो खुलेको छ । उक्त अवसरमा सबै छिमेकी देशहरुसँग सुदृढ र सबल कनेक्टिभिटी कायम भई नेपालको आर्थिक विकासमा यसले महत्वपूर्ण योगदान पु¥याउने वाणिज्य मन्त्री रोमी गौचनको कथन छ । काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीमा पर्यटकको सबैभन्दा बढी घुइँचो र रोजाईको केन्द« रहने गरेको छ । हिमश्रंखलाहरुको पृष्ठभूमि र बुद्धको जन्मस्थलको थलो नेपालमा पर्यटकहरुलाई आकर्षण गर्नको लागि चिनियाँ टोली र सूर्या ग्रुप बीच भएको चारवटा पाँच तारे चेन होटल निर्माण र जलविद्युतमा लगानी गर्ने सम्झौताले पर्यटकहरुको आगमन र औद्यागिक विकासमा टेवा पुग्ने निश्चित प्राय छ । होटल निर्माणको काम तत्काल सुरु हुने सूर्या ग्रुपले जनाएको छ । चीनको यो अमुल्य सौगातलाई ग्रहण गरेर नेपाललाई समृद्धिको बाटोमा लान कुनै पनि कसर बाँकी राख्न नहुने र यसमा कुनै पनि राजनीतिक हस्तक्षेप हुन नहुने ओबिओआर राष्ट्रिय व्यापार मंचका उपाध्यक्ष एवं सूर्या ग्रुपका अध्यक्ष अनिल जोशीको भनाई छ । हुन पनि अहिलेसम्म साना–मझौला रेष्टुरेण्ट, अस्पताल, होटल र सफ्टवेयरमा केन्द्रित चिनियाँ लगानी केही समयभित्रै पश्चिम सेती जलविद्युत् परियोजनामा फैलँदैछ । जसको लागि ओबिओआरका चिनिया टोलीसँग जलविद्युत उर्जाका लागि निजी कम्पनीहरुले हस्ताक्षर गरेका थिए । जसले उर्जा र जलविद्युतमा पनि निकै टेवा पुगेको छ । तसर्थ नेपालको पर्यटन क्षेत्रबाट समृद्ध नेपाल निर्माणको लागि भएको सम्झौताले नेपालमा पर्यटनको आकर्षण बढ्ने पक्का छ । सबल नेतृत्वकर्ता भन्दै चुनिएको निजी क्षेत्रले निजी क्षेत्रमा भन्दा पनि समृद्ध मुलुक निर्माण गरेमा यो मुलुक पर्यटन, व्यापार र जलश्रोतको क्षेत्रबाट विकास हुने पक्का छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.