मनतातो पानीसँगै लसुन, अदुवा र कागती सेवन गर्नुहोस्, यि समस्याबाट छुट्कारा पाउनुहोस्



योगगुरु डा विकासानन्दले स्वस्थ जीवनका लागि नियमित योग गर्नु स्वाभाविक नै भयो। तर, उनी भन्छन्, योगले मात्रै शरीर र मन स्वस्थ हुने होइन। शारीरिक स्वास्थ्यका लागि खानपान र जीवनशैलीको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले उनी खानपानमा उत्तिकै सचेत छन्। हरेक दिन बिहान खाली पेटमै उनी लसुन, अदुवा र कागती सेवन गर्छन् मनतातो पानीसँग।
यी चिज सेवन गर्नुका फाइदाबारे उनी भन्छन्ः
तातोपानी र लसुनतातोपानी र अदुवा मनतातो पानीसँगै अदुवा खाँदा पेट सफा हुन्छ । गिलासमा मनतातो पानी पिउँदै एउटा सानो टुक्रा अदुवा चपाएर नियमित निल्ने गर्दा पेटको विकार राम्रोसँग बाहिरिन्छ । स्वस्थ शरीरका लागि २४ घन्टामा पेटभित्र जम्मा भएका सबै विकार पूर्ण रूपमा निष्कासन हुनु आवश्यक हुन्छ । अदुवाजस्तै सबैको भान्सामा हुने लसुनको गुण पनि ठूलो छ । यसको महत्व बुझ्नसके निकै लाभदायी हुन्छ । बिहानै खाली पेटमा तातोपानीसँगै दुई–तीन पोटी लसुन चपाएर निल्ने गर्दा ब्लडपे्रेसर सही राख्न भूमिका खेल्छ । लसुनले पेटलाई पनि फाइदा गर्छ । पेटमा इन्फेक्सन हुन नदिने तथा सफाइको काम लुसनले गर्छ ।
तातोपानी र कागती
मनतातो पानीमा काटेको कागती डुबाएर या निचोरेर नियमित सेवन गर्दा शारीरिक तौल सन्तुलित राख्न भूमिका खेल्छ । स्वस्थ जीवनका लागि शारीरिक सन्तुलन अत्यावश्यक छ । त्यसैले नियमित तातोपानी र कागती खानु फलदायी हुन्छ । प्रायः ओभरवेटका कारण मान्छेहरू कैयौैँ रोगको सिकार हुने गरेका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.