नयाँशक्ति र फोरमबिच एकता गर्दै बाबुरामलाई संसदमा लैजाने तयारी


काठमाडौं, ३ मंसिर - बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबिच एकताको प्रयास भईरहेको छ। दुबै पार्टीका उच्च स्रोतका अनुसार एकताका लागी गृहकार्य अन्तिम अवस्थामा पुगिसकेको छ। केहीसमय अघि उपेन्द्र नेतृत्वको फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबिच एकता भएको थियो। माओवादी छाडेलगत्तै संसदबाट राजिनामा दिएका बाबुराम भट्टराईलाई पार्टी एकिकरण लगत्तै संसदमा लैजाने तयारीसमेत भइरहेको छ। तर एकताकाबारेमा स्वतन्त्र पुष्टी भने भइसकेको छैन।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.