लोकमानमा बारेमा यस्तो कुरा आएपछि देउवाको अनुहारमा चमक



काठमाडौं, ८ मंसिर । ‘रात रहे अग्राख पलाउँछ’ त्यसै भनिएको हैन रहेछ । दिन जति–जति घर्कदै गयो,लोकमान प्रकरणमा पनि विभिन्न जोड–घटाउ चल्न थालेका छन् । गतिलाले साथ नदिदा लोकमान त्यसै पनि दिनदिनै केटाकेटी शैलीमा प्रस्तुत भइरहेका छन् । हुुदो नहुुँदो उपाय निकालेर महाअभियोग र मुुद्धाबाट बच्नका लागि राजनारायण पाठकबाहेकका आयुुक्तको योग्यतासम्वन्धी रिट दायर गराएका छन् । र, हिजोआज बातैपिच्छे ‘इण्डियाले गर्ने भयो’ जस्ता शव्द निकाल्न थालेका छन् । यदि ‘स्याल कराएको र बाख्रा हराएको’ जस्तो होइन भने भारत भ्रमणबाट फर्किएका कांग्रेस सभापति शेरबहादुर देउवाले लोकमानको मामिलामा केन्द्रित भएर आफू निकटका कानुन व्यवसायीसँग परामर्श गरेका छन् । पत्नी आरजुुको उपस्थितिमा उनले गरेको परामर्शमा लोकमानलाई बचाउन सकिने र बचाउनै नसकिने गरी दुबैखाले प्रतिक्रिया आएका छन् । सुुझावमध्ये एकजनाको सुझावले देउवाको अनुहारमा चमक आयो । सुझाव थियो संसद र सर्वोच्चले एकै समयमा एउटै बिषयको वहस चलाउन मिल्ने कि नमिल्ने ? जनआस्था साप्ताहिकमा खवर छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.