कञ्चन शर्मा पछि अर्कि पीडित मञ्जन बर्माको सनसनी



काठमाडौं । कञ्चन शर्मा रेग्मीले कान्तिपूर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम सुमनसँगमा आएर जीवनमा आफूले भोगेका पीडा र परिवारले आफूमाथि गरेको अभद्र व्यवहार बारे सबैलाई बताईन् । उनले भोगेको पीडा सुनेर भावुक नहुने कोही थिएनन् । तर उनले बोलेका धेरै कुराहरु झुट भएको खबर पनि केही दिनमा नै सार्वजनिक भयो । उनको कपोकल्पित कथाले सुमन खरेल जस्ता पाका पत्रकार पनि विवादमा आए । खास गरी एउटा नितान्त पारीवारिक कुरा त्यो पनि राम्ररी अध्ययन नगरी मिडियामा आँसु बेचेको भन्ने आरोप लाग्न गयो । उनको अन्तरवार्ता पछि उनका पति र छोराहरुमा सामाजिक सञ्जालमा क्रुर तवरमा आक्रमण र गाली बर्सिन थाले । विशेष गरी सामान्य विषय र विवादित विषयमा धेरै पल्ट ठूला मिडियाहरु मुछिने गरेका छन् । यही विषयमा एक भिडियो सामाग्री तयार पारेको छ । जसमा रत्नपार्कमा प्रेमीले छोडेर भौँतारिएकी एक युवतीलाई शुक्रसँग नामको कार्यक्रममा बोलाएर केही कुराकानी गरिएको छ । जुन हल्का विषयमा अनावश्यक रंग भर्नेहरु प्रति व्यङ्ग्यपुर्ण रहेको छ ।
 स्रोत साभार सौजन्य : फर्सीनेटवर्क

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.