थाहा पाई राख्नुहोस ! कुन कुन समय यौन सम्पर्क गर्दा गर्भ रहन्छ ? महिनावारीको कति दिन पछि सम्पर्कगर्दा गर्भ रहन्छ ?



सामान्यतया सधै महिनावारी ठिक समयमा हुन्छ भने उनीहरुका लागि चौध दिनदेखि १६ दिन बिचमा गर्भ रहने सम्भावना बढी हुन्छ । तर महिनाबारी नियमित नहुनेहरुका लागि भने ७ दिनदेखि २१ दिनको बीचमा जुनसुकै समयमा पनि गर्भ रहन सक्दछ । चिकित्सकहरुले यहि नै समयमा गर्भ रहन्छ भनेर किटान गर्न सक्दैनन् । गर्भवती हुनु र आमा वन्नु महिलाका लागि सौभाग्य र जिम्मेवारीको बिषय हो । एउटा विवाहित नारी जबसम्म आमा बन्दिनन् उनले आफुलाइ पुर्ण महिला भएको महसुस गर्न सक्दिनन् । विवाहसँगै परिवारमा अर्को खुशियाली ल्याउने बिषय सन्तानसँग पनि जोडिएको हुन्छ तर कतिपय अवस्थामा विवाह भएको लामो समयसम्म पनि गर्भ नरहदा परिवारमा चिन्ता छाएको छाएको हुन्छ । गर्भ कहिले र कसरी रहन्छ भन्ने विषयमा कतिपय युवा युवतीमा भ्रम र अज्ञानता पाइन्छ,जसले उनीहरु चिन्तामा पर्छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.