सुजाता कोइरालालाई एक नर्सले दिइन् उपचार खर्च जुटाउने आइडिया


काठमाडौं– काँग्रेस नेतृ सुजाता कोइरालाले सरकारसँग १ करोड रुपैयाँ उपचार खर्च मागेपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् । धेरैले उनको आलोचना गरेका छन् । उनको उपचारमा १ करोड खर्च नहुने चिकित्सकहरुले नै बताएका छन् । यसैगरी उनलाई लागेको ब्रेष्ट क्यान्सरको नेपालमै उपचार हुन सक्ने पनि डाक्टरहरुको राय छ । यही बिचमा सुजातालाई लक्ष्य गरी शिक्ष्ण अस्पतालसँगै रहेको मनमोहन कार्डियो भाष्कुलर सेन्टर महाराजगञ्जमा कार्यरत नर्स प्रतिमा खत्रीले आफ्नो बिचार राखेकी छिन् । जुन सबैका लागि मननीय छ । उनको बिचार यस्तो छः बिएन पढ्दाको कुरो हो, हेल्थ इकोनमी बिषयको 'इन्कम एण्ड डिष्ट्रीब्युसन'का बारेमा हामीलाई पढाउने म्यामले लिएको क्लास यति राम्रो थियो कि, आज सुजाता कोइरालाले आफ्नो उपचारको लागि सरकारसँग भिख मागेको समचार सुन्दा ताजा भएर आयो । हामी आफ्नो कमाइको आफै ब्यबस्थापन गर्दैनौं, अन्त कतै चुहाइरहन्छौ भने के काम त्यो शिक्षा, पद, नाम आदि इत्यादिको .... रोगले मान्छे छुट्याउदैन, भोलि के हुन्छ थाहा हुँदैन, आफ्नो भबिष्यको बारेमा आफै सोच्ने हो, सरकार वा अरु कुनै दाताको मुख ताकेर हुन्छ त ? हेल्थ इकोनमी को क्लास पछि म हरेक दिन मेरो कमाइको १० रुपैयाँ स्वास्थको लागि छुट्याउने गर्छु। हिसाब गर्दा, एक महिनामा ३०० हुन्छ अनि एक बर्षमा ३६०० । अहिलेसम्म १४,६०० भैसक्यो। उमेर र कमाइसँगै स्वास्थमा जोखिम नि बढ्दै जाला त्यही अनुसार बढाउँदै गइएला । हामी पहिला आफूलाई बिश्वास गर्न सिकौ अनि बल्ल अरुको आस गरौ, आफ्नो कमाई, आफ्नो क्षमता अनि आफैलाई बिश्वास गर्दैनौ भने बिमा कम्पनी, अरु दाताको के बिश्वास ? पछि गएर बिमा कम्पनी, सरकारको वा अरु दाताहरुको मुख किन हेर्ने ? सहयोग त्यतिबेला मात्र लिन पर्छ जतिबेला हामी आफ्नो प्रयासबाट अन्तिम अवस्थामा पुग्छौ । जब सहयोग विना एक पाइला पनि अघि बढाउन सकिदैन जस्तो लाग्छ । सहयोगको वास्तविक मज्जा बल्ल थाहा पाउन सकिन्छ। के सुजाता कोइराला दुई छाक टार्न पनि धौधौ पर्ने मान्छे हुन र ? कि उनी उपचार गराउँदा गराउँदै सडकमा आइसकिन् ?? होइन भने उपचारको लागि सरकार सामु हात किन फैलाइन त ?

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.