यसरी पर्दाफास भयो शेरबहादुर देउवाको झूठ (हेर्नुस् प्रमाणसहित)

काठमाण्डु, २५ कात्तिक– भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेसनले भारतको गोवामा आयोजना गरेको ‘थर्ड इण्डिया आइडियाज कन्क्लेभ–२०१६’ मा सहभागी भएर नेपाल फर्कने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा पत्रकारसँग कड्किए । निर्वासित तिब्बती प्रधानमन्त्रीलाई भेटेको विषयलाई लिएर गलत प्रचार गरेको भन्दै देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ठूला कुरा गर्ने’ भन्दै पत्रकारसँग जंगिए । deuwa

उनले भने, ‘मलाई दलाइ लामासँग एउटै बेञ्चमा बस्यो भन्छन् । दलाइ लामा आएकै छैन । फेरि उसको को प्रधानमन्त्री आयो भन्छन् म उसँग बसेकै छैन । मलाई थाहै छैन । म सिधै मञ्चमा गएको छु । भाषण गगरेर सिधै फर्किएर आएको छु ।’
india-ideas-conclave-2016-1-sikyong

निर्वासित तिब्बती प्रधानमन्त्री लोब्साङ साङ्गेसँग भेट्नु त के उसँग बस्न समेत नबसेको ठोकुवा गर्ने देउवाको एउटा तस्बिरले पोल खोलेको छ । सो कार्यक्रममा सहभागी फोटोग्राफर अभिनासले कार्यक्रम अवधिभरका सबै तस्बिर आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेपछि देउवाको पोल खुलेको हो ।
deuwa sange

तस्बिरमा देउवा र साङ्गे सँगै बसेको स्पष्ट देख्न सकिन्छ । तर, देउवाले भने आफू साङ्गे सँग बस्दै नबसेको जिकिर गर्नुले यस विषय थप भ्रामक बन्दै गएको छ ।

देउवाले विशेष वक्ताका रुपमा सम्बोधन गरेको सोही कार्यक्रममा तिब्बतका धर्मगुरु दलाइ लामाले समेत सम्बोधन गरेका थिए । देउवाले भारतमा स्वायत्त तिब्बतको माग गरिरहेका नेतालाई भेटेको र उनले सम्बोधन गर्ने कार्यक्रममा विशेष वक्ता बनेको भन्दै चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपालसामू गुनासो पोखेको खबर सञ्चार माध्यममा आएको थियो ।
14925498_1446276738756360_7762827261819282854_n

नेपालको ‘एक चीन नीति’ अनुसार सरकारले निर्वासित तिब्बतीको गतिबिधिलाई गैरकानुनी मान्दै आएका बेला ‘स्वायत्त तिब्बत’ को माग गर्दै आएका नेताले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुनु र उसका नेतालाई भेट्नुलाई चीनले गम्भीर रुपमा लिएको छ । यो खबर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामूसमेत पुगेको र यस विषयमा उनीसमेत सशंकीत रहेको स्रोतले काठमाण्डु टुडेलाई बतायो ।


नेपाल–चीन सम्बन्ध बिग्रने खतरा
‘एक चीन नीति’ का कारण नेपालमा तिब्बती शरणार्थीले गर्ने धार्मिक कार्यक्रममा नेपाल सरकारले हस्तक्षेप गरिरहेका बेला गोवाको विषयलाई लिएर यतिबेला चर्चा सुरु भएको छ । यही विषय ईस्यु बनेर कतै नेपाल–चीन सम्बन्धमा समेत असर पर्ने त होइन भन्ने चिन्तासमेत रहेको विश्लेषकहरु बताउँछन् ।


लामालाई अमेरिकी एवं पश्चिमा साम्राज्यवादी शक्तिले तिब्बतमा चीन विरोधी राजनीतिमा सक्रिय बनाउँदै आएको आरोप चीनको छ । लामाको ‘स्वायत्त तिब्बत’ अभियानमा भारतले समेत साथ दिएको विषयमा चीन र भारतबीच बेलाबेला मनमुटाव समेत हुने गरेको छ । यस्तोमा देउवा तिब्बती प्रधानमन्त्रीसँगै बसेको तस्बिर सार्वजनिक हुँदा नेपालको ‘एक चीन नीति’ पूर्वप्रधानमन्त्रीबाट उल्लंघन भएको त होइन भन्ने प्रश्न उब्जिएको छ । जसले नेपाल र चीनबीचको सम्बन्धमा कुनै असर त पर्ने होइन भन्ने अर्को आशंकासमेत पैदा गरेको छ ।
निचियाँ प्रधानमन्त्री सी जिङपिङ नेपाल भ्रमणका लागि ईच्छुक रहेका बेला आएको विवादास्पद खबरले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका देउवा र नेपाप्रतिको चीनको दृष्टीकोणमै परिवर्तन नआउला भन्न सकिन्न ।
कांग्रेसभित्रै असन्तुष्टी
गोवामा देउवाले निर्वासित तिब्बती नेतासँग भेटेको, प्रधानमन्त्री साङ्गेसँग एउटै मञ्मा बसको र दलाइ लामाले सम्बोधन गर्ने कार्यक्रमको प्रमुख अतिथि भएको विषय मिडियामा आएपछि कांग्रेसभित्रै त्यसको विरोध भएको छ ।


यस विषयमा चीनले असन्तुष्टी जनाइरहेका बेला कांग्रेस नेतासमेत रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल ‘एक चीन नीति’ प्रति कटिबद्ध रहेको बताएका छन् । सञ्चारकर्मीसँग मंगलबार मन्त्रालयमा कुरा गर्दै उनले राजधानीबाट प्रकाशित केही छापा माध्यममार्फत सार्वजनिक भएको समाचार कपोलकल्पित, भ्रामक र कलुषित आशयबाट प्रेरित भएको बताए । मन्त्री महतले परराष्ट्र सम्बन्ध जस्तो अतिसंवेदनशील विषयमा हल्का ढङ्गले समाचार नलेख्न सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गर्दै भने, ‘परराष्ट्र विषयसँग जोडिएको समाचार नियोजित ढङ्गले आएको महसुस भएको छ ।’ तर, देउवा र तिब्बती प्रधानमन्त्री साङ्गे नजिकै बसेको तस्बिर सार्वजनिक हुनुले महतको भनाइलाई समेत गलत ठहर्याएको छ ।


त्यस्तै महामनत्री शशांक कोइराला, नेता शेखर कोइरालाले समेत यस विषयमा आपत्ति जनाएका छन् । अन्य कांग्रेस नेतासमेत यसको विरोधमा रहेता पनि उनीहरु खुरेलै भने बोलेका छैनन् ।


यसैबीचमा गृहमन्त्री विमलेन्द्र नीधिलाई समेत चीन विरोधी रहेको आरोप लगाइएको छ । गृह मन्त्रालयको निमन्त्रणामा हालै नेपाल आएका दुई चिनियाँ प्रतिनिधि मण्डल असन्तुष्ट भइ स्वदेश फर्किएको भन्दै निधिको आलोचना भएको हो । उनीहरुलाई नेपालको सुरक्षा अंगका प्रमुखसँग भेट्ने समय नदिइएको आरोप छ ।


तत्कालिन केपी ओली सरकारले चीनसँग गरेको विभिन्न सम्झौता कार्यान्वयनमा हालको कांग्रेस–माओवादी सरकार संवेदनशिल नबनेको चर्चा चलिरहेका बेला आएका यस्ता विषयले नेपाललाई घाटा पुग्ने निश्चित छ ।
उता दलाइ लामाको मुखपत्र ‘सेन्टरल तिब्बतीयन एडमिनिस्टेशन’ मा समेत तिब्बतका प्रधानमन्त्री साङ्गे सहभागी कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी रहेको उल्लेख छ । सो मुखपत्रमा साङ्ले र देउवाले एउटै मञ्चबाट एउटै विषयमा सम्बोधन गरेको उल्लेख गरेको छ ।
capture1

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.