लोकमान वारेसमार्फत् सर्वोच्चमा उपस्थित....

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीे बिहीबार वारेसमार्फत् सर्वोच्च अदालत उपस्थित भएका छन्।
सर्वोच्च अदालतले सात दिनभित्र अदालतमा उपस्थित हुन दिएको आदेश अनुसार कार्की बिहीबार वारेसमार्फत् अदालत उपस्थित भएका हुन्। वारेसमार्फत् म्याद तामेल गरेका कार्की अबको सातदिनभित्र सर्वोच्च अदालतमा आफै उपस्थित हुने छन्।
कार्कीको नियुक्तिमा योग्यता सम्बन्धी मुद्धामा सर्वोच्चले पुनरावलोकनको फैसला गरेपछि कार्कीको घर नयाँ बानेश्वरमा कात्तिक १ गते म्याद तामेली भएको थियो । म्याद टार्न अवरोध गर्न निर्देशन दिएर कार्की विदेशमै बस्न खोजेपछि सर्वोच्चले अदालतले कात्तिक १ गते कार्की निवासमै सूचना टाँसेको थियो।
म्याद तामेलीमा कार्कीका कान्छा ज्वाइँ प्रवल थापालगायतले सर्वोच्चको टोलीलाई अवरोध गरेका थिए। कार्की नियुक्तिको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकनको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा निवेदन दिएका हुन् ।
सर्वोच्चले लोकमान सम्बन्धी सबै मुद्धाको सुनुवाईको मिति मंसिर १६ गतेलाई तोकेको छ । लोकमानको नियुक्ति सम्बन्धी मुद्धाको म्याद तामेलीमा उनकै निर्देशनमा अवरोध भएको भन्दै अधिवक्ता अर्यालले सर्वोच्चमा दिवेदन दिएका हुन।
अर्यालको निवेदनमा लोकमान, पूर्व सचिव प्रमोद कार्की, नेपाल प्रहरीका सइ नकुल गोतम, लोकमानका कान्छा ज्वाइँ प्रवल थापले बाधा पुर्याएको भन्दै कारबाहीको माग गरिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.