पाठेघरको अप्रेसन गर्दा आन्द्रा काटिएपछि बीरगञ्जमा एक महिलाको मृत्यु



बसन्त खतिवडा, पर्सा । बीरगञ्जको गण्डक स्थित बीरगञ्ज हेल्थ केयर हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण सोमबार विहान एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । पाठेघरको समस्या देखिएपछि उपचारका लागि बीरगञ्ज हेल्थ केयर अस्पताल भर्ना भएकी रघुनाथपुर २ बाराकी २५ बर्षीय नजमुज नेसाको पाठेघरको अप्रेसन गर्दा आन्द्रा काटिएपछि मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेको हो ।पाठेघरको समस्या देखिएपछि उनलाई बीरगञ्ज हेल्थ केयर भर्ना गरिएको थियो भने उनको अप्रेसन डा. अनामिका झाले गरेकी थिईन । एक पटकमा अप्रेसन सफल नभएपछि दोहो¥याएर अप्रेसन गरेको अहेब समेत रहेका मृृतकका श्रीमान अहमद हुसेनले बताउनु भयो । दोस्रो अप्रेसन पश्चात दिसा निस्कने आन्द्रा काटिएको आफुले थाहा पाएपछि डाक्टरलाई खबर गर्दा समेत समयमा डाक्टर उपस्थित नहँुदा मृत्यु भएको अहेव हुसेनको आरोप छ ।चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । अप्रिय घटना घटन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी पर्साले जनाएको छ । घटना पछि अस्पतालका चिकिस्तकहरु क्षतिपूर्ति दिइ घटनालाई मिलाउन आफन्तजनहरुलाई दवाव दिईरहेका बुझिएको छ । अस्पतालले विगतमा पनि यस्तै प्रकारका गल्ती गर्दै आईरहेको अर्का पीडितले जानकारी दिएका छन् । बीरगञ्ज क्षेत्रमा सञ्चालित अस्पताल, ल्याव, डाईग्नोष्टिक सेन्टरहरुमा नक्कली डाक्टरदेखि ल्यावका टेक्निसियन रहेको समाचारहरु सञ्चार माध्यममा आईरहदा पनि सरोकारवाला, स्वास्थ्य कार्यालय तथा प्रशासनले चासो देखाएको पाईदैन । अस्पतालमा लापारबाही गर्ने डाक्टरलाई कारवाही नगरेसम्म शब नबुझ्ने हुुसेनको अडान छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.