आजको राशिफल – वि.सं. २०७३ साल मंसिर १४ गते मंगलबार तदानुसार


आजको राशिफल – वि.सं. २०७३ साल मंसिर १४ गते मंगलबार तदानुसार इश्वी सन् २०१६ नोभेम्बर २९ तारिख
मेष – मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ ।

वृष– अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्।

मिथुन– आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ ।
कर्कट– आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
सिंह– बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भनेअध्ययनमा प्रगति हुने समय छ।
कन्या– प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानीदिलाउने सम्भावना छ ।
तुला– कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ ।
वृश्चिक– प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ।
धनु– आम्दानी प्रशस्तै बढ्नेछ । अातिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्धबन्ने समय छ।
मकर– सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। समग्रमा दिन उत्साहपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ।
कुम्भ–इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ ।
मीन– अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.