रेखा थापा राप्रपा प्रवेश गर्ने पक्का

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने भएकी छन्। राप्रपा नेपाल र राप्रपाबीचको एकताका अवसरमा पार्टी प्रवेश गरेकी गायिका कोमल वलीले फेसबुकमा थापासँगको संयुक्त तस्बिर राख्दै थापाले राप्रपा चुनेको बताएकी हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग नाचेपछि अभिनेत्री रेखा थापा माओवादीकी हुन् भन्ने धेरैको अड्कल थियो। त्यति मात्र होइन, उनी चुनावमै उठ्ने चर्चा चलिरहँदा मतदाता सूचीमा उनको नाम नै नभएकोसम्म चर्चा चलेको थियो।
कोमल वली पार्टी प्रवेश गरेसँगै सामाजिक सन्जालमा यी दुईको घनिष्ठता बढेको प्रष्ट देखिन्थ्यो। सँगै, सोही समयमा सामाजिक सन्जालमा रेखाले ‘एक राष्ट्रवादी नेता भेटेको’ उल्लेख गरेकी थिइन्। यसपछि रेखा पनि पार्टी प्रवेश गर्ने अड्कल काटिएको थियो। तर, रेखाले कुन नेता भेटेको, राजनीति प्रवेश गर्ने÷नगर्नेबारे खुलाउन चाहेकी थिइनन्। त्यसैबेला सेतोपाटीसँगको कुराकानीका क्रममा रेखाले निकट भविष्यमै रहस्य खुल्ने बताएकी थिइन्।


सोमबार ११ बजे रेखा औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको स्रोतले जानकारी दिएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.