आजको राशिफल – वि.सं. २०७३ साल मंसिर २५ गते शनिबार

आजको राशिफल – वि.सं. २०७३ साल मंसिर २५ गते शनिबार तदानुसार इश्वी सन् २०१६ डिसेम्बर १० तारिख – मोक्षदा एकादशी व्रत, विश्व मानव अधिकार दिवस, गीता जयन्ती
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रशस्त धन आर्जन गर्ने अवसर मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । व्यापार ब्यबसायमा विशेष फाइदाको योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काममा विभिन्न अवसर पाइने समय छ । सोचेको आटेको कामहरु पूरा हुनेछन । साथीभाईको सहयोगले महत्वपूर्ण काम सफल हुनेछन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सहि समयमा सहि निर्णय लिन सक्दा धेरै कामहरु सफल हुनेछन । धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ । भेटघाटमा रमाउने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम गर्ने मौका छ । काम गर्ने आत्म विश्वास बढ्नेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । दाम्पत्य जीबन सुखमय रहनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका रहेकोछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ हुनेछ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ काममा सफलता मिल्ने योग रहेको छ । व्यापारमा सामान्य फाइदा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रुहरु पराजित हुनेछन । सहयोगीहरूले राम्रै साथ दिनेछन र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
सहयोगीहरुले सहयोग गर्ने तत्परता देखाउनेछन । पढाइ लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट सोचे भन्दा आम्दानी धेरै हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । साथीभाईसंग भने मनमुटाब हुन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
काममा लगानी बढाउदा फाइदा हुनेछ । स्वास्थ्यमा खर्च बढ्ने समय छ । आफ्नै प्रयत्नमा नसोचेको काम तत्काल बन्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइलो टाढाको यात्राको योग रहेको छ । आफन्तजनबाट सहयोग मिल्नेछ । बिभिन्न अवसर प्राप्त हुनेछन । तत्काललाई भने फाइदा नहुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
मेहनतको उचित मूल्यांकन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.