टुँडिखेलमा 'सलमान खान र ऋतिक रोशन' को प्रस्तुति !

कार्यक्रममा जुनियर सलमान खानले पनि प्रस्तुति दिने
१२ पुस, काठमाडौं।
यही पुस १५, १६, १७ र १८ गते काठमाडौंको टुँडिखेलमा साँस्कृतिक एंव पर्यटन प्रवर्धनको लागि बृहत साँस्कृतिक प्रदर्शन हुने भएको छ ।nepal-indo-relation
मंगलबार रिपोर्टर्स क्बल नेपालमा नेपाल–भारत यूवा मैत्री संघले पत्रकार सम्मेलन गरेर ईण्डो–नेपाल फ्रेन्ड्शिप ईभेन्ट्स नाम दिएर चार दिनसम्म कला प्रर्दशनी गरिने जनाएको हो ।
उक्त ईभेन्ट्समा बलिउडका चर्चित गायिका शिवानी कश्यप, हाँस्यकलाकार ईशान कुरेशी एंव चर्चित डान्सर शेफाली जरिवाला तथा कलिउड अभिनेत्री प्रियंका कार्की, हाँस्यकलाकार जितु नेपाल लगायत नेपाल र भारतका गरी १२२ जना कलाकारहरुले प्रस्तुति दिने आयोजक कमिटिका संयोजक अमित चन्द्रकारले जानकारी दिए ।
चन्द्रकारले आफुले रसिया, ईन्डोनेसिया लगायत दर्जनौँ देशमा यस्ता फेस्टिवल गर्दै आएको र केही समय नेपालमा रहेर नेपाल भारत बिचका सास्कृतिक सम्बन्धका बारेमा केही कामगर्ने बताउदै भने,‘नेपाल जैसा जग्गा दुनियाँमे कहीँ नही देखा ।’
उनले अघि थपे, ‘नेपाल र भारतवीचमा बेला–बेलामा आउँने गरेका बिमतिलाई यस सांस्कृतिक एवं पर्यटन ईन्डो–नेपाल फ्रेन्ड्शिप इभेन्ट्सले सुधार गर्ने र सम्बन्ध सुधारमा टेवा पुग्ने छ, नेपाल र भारतका हरेक साँस्कृतिक र पर्यटनहरूको अस्तित्वहरू मिल्दा जुल्दा छन्, दुई देशका जनताहरू बिच नङ र मासुवीचको जस्तो सम्बन्ध रहेको छ, अर्को कुरा भारत र नेपालवीच खानपानको हिसाबले धेरै कुरा मिल्छ, एस फेस्टिभलमा विशेषगरि भारतीय एवं नेपाली खानाका विभिन्न परिकारहरुको प्रर्दशनी हुनेछ ।’
कार्यक्रममा जुनियरद्वय सलमान खान, ऋतिक रोशन, नेपाली कलाकार निकिता पाठक लगायतले उक्त फेस्टिभलको बारेमा चर्चा सँगै कला प्रस्तुत गरेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.