एक महिनासम्म संसद अवरुद्ध भएपछि ओनसरीको कडा निर्देशन, तीन दिन भित्र खोल्ने यस्तो छ तयारी

१४ पुस, काठमाडौं ।
एक महिनादेखि अवरुद्ध संसद सञ्चालनको लागि प्रमुख तीन दलबीच सहमति जुट्न नसकेपछि सभामुख ओनसरी घर्तीले सहमति नजुटे प्रक्रिया अगाडि बढाउने बताएकी छिन् । उनले तीन दिन भित्र दलीय सहमति नजुटे संसदको बैठकबाटै निकास खोजिने बताएकी हुन् ।


फाइल तस्बिर
फाइल तस्बिर

बिहिबार रिपोर्टस क्लबको तर्फबाट ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले सहमति निर्माणको लागि पटक–पटक राजनीतिक दलहरुलाई विषयमा सहमति गर्न आग्रह गर्दा पनि गर्न नसकेको बताइन ।
संविधानको सफल कार्यान्वयनका लागि सदनको कारबाही नियमित चल्नुपर्ने भन्दै उनले लामो समयसम्म संसद अनिर्णयको बन्दी बन्न नसकने बताइन । तीन दिनको समयमा सहमति नजुटे एकै दिन पटक–पटक बैठक गरेर भए पनि दलहरुलाई सहमतिमा पुग्नका लागि दबाब दिने सहमति कार्यव्यवस्था समितिको बैठकमा नै भएको पनि उनले बताइन ।
आजको बैठक पनि प्रतिपक्ष दल एमालेले बहिष्कार गरेपछि पुस १८ गते १ बजेका लागि संसद बैठक बोलाइएको छ 

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.