सिड्नी हार्वरमा मनाइयो संसारकै उत्कृष्ट नयाँ वर्ष



सिड्नी ,नयाँ बर्ष सन् २०१७ को स्वागत गर्दै सिड्नी हार्वरमा शनीबार राती संसारकै उत्कृष्ट आतिसबाजी सम्पन्न भएको छ। कड़ा सुरक्षाबीच सम्पन्न यो चर्चीत आतीसबाजी झण्डै १५ लाख मानिसले एक साथ प्रत्यक्षहेरेका थिए। सिड्नीकोको न्यू इयर सेलिब्रेसन र आतीसबाजी संसारकै सबैभन्दा धेरै हेरिनेमध्ये एक हो। पेरिस, लण्डन, बर्लिन र न्यूयोर्कमा भन्दा यहाँ धेरै मानिसले प्रत्यक्ष आतिसबाजी हेरेका छन। आतिसबाजी प्रत्यक्ष हेर्न झण्डै १५ लाख मानिस उपस्थीत थीए भने करोडौँले टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरेका थीए। बिश्वभर करिव १ अर्ब मानिसले सिड्नीको फायरवक्स हेरेको अनुमान गरीएको छ। आधुनिक प्रबिधियुक्त यो आतिसबाजी आयोजना गर्न सिड्नी सिटी काउन्सिलले झण्डै ७२ लाख डलर खर्च गर्दछ। सीड्नीमा अाज एक दिनको ब्यापारबाट मात्रै १३३ मिलियन डलरको योगदान अर्थतन्त्रमा हुने गर्छ। आतिसबाजीको लागि झण्डै १५ महिनाको तयारी हुने गर्छ। यो बर्षको आतिसबाजी हुनु अगाडी नै काउन्सिलले अर्को बर्षको आतिसबाजीका लागि तयारी सुरु गरिसकेको छ। यो बर्ष ५ हजार घण्टाको तयारीपछि यो आतीसबाजी सम्पन्न भएको हो। न्यू इयर इभमा हार्बर ब्रिजमा दुईपटक आतिसबाजी हुन्छ। राती ९ बजे र मुख्य आतिसबाजी राती १२ बजे सम्पन्न भयो। आतिसबाजीका लागी अस्ट्रेलीया सरकारले एक हजार ट्रेन र करिव ३ हजार पाँच सय बसहरु तैनाथ गरेका थीयो। यो आतीसबाजी हेर्न दसौँ हज़ार नेपाली सीड्नीको आेपेरा हाउस र डार्लिंग हार्बरक्षेत्रमा पुगेका थीए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.