युवा संघका दुर्गा तिवारीको हत्यामा खुसी प्रकट गर्ने फोरमका नेता अभिषेक प्रताप शाह



पुस ५ । नेकपा एमालेको भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीलाई गोली प्रहार गरिएकोको घटनामा संघीय समाजवादी फोरम नेपालका युवा नेता तथा सांसद अभिषेक प्रताप शाहले खुसी व्यक्त गरेका छन् । मधेसी राजनीतिमै संलग्न अशोक वर्माले सोमबार दुर्गा तिवारीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दोषीलाई कारबाहीको माग गरेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेका थिए । सो पोस्टमा प्रतिक्रिया स्वरुप उनले निधनमा खुसी प्रकट गरेका हुन् । कसैको हत्या हुँदा तपाई किन खुसी ? भन्ने नेपालआजको प्रश्नको जवाफमा सांसद शाहले भने, ‘५६ जना मधेसी मर्दा काठमाडौंले ‘जस्न’ मनाउने अनि एक जना एमालेको मान्छे मर्दा राष्ट्रिय हल्ला गर्ने ?’ सांसद शाहले सामाजिक सञ्जालमा लेखेको विषय स्वीकार गर्दै भने, ‘मैले अशोक वर्माकोमा पनि लेखेको छु, आफैले पनि स्टाटस पोस्ट गरेको छु । मैले जे लेखेको छु, त्यसलाई तपाईले जसरी बुझे पनि हुन्छ ।’ सांसद शाहले यसअघि तराईलाई नेपालबाट टुक्र्याउनु पर्ने अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्ति संघीय समाजवादी फोरम नेपालको आधिकारिक नभएको पार्टी अध्यक्ष उपेन्द्र यादबले बताएका थिए । यादबले गलत अभिव्यक्ति दिने शाहलाई कारबाही गरिने उनले जनाएका थिए । स्रोत- नेपालआजबाट

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.