उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमति अचेत : चार बर्षे दुधे बालककाे कन्तबिजाेक : उपचारमा घरबार सबै सकियाे

उदयपुुर, १० पुस / उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमति अचेत अवस्थामा छिन् । ९ दिन अघि भलायडाँडा गाविस–३ विजनबारीका श्रीमान् जीवन मोतेको कुटपीटबाट २३ वर्षिय श्रीमति सरिता मोते घाइते बनेकी थिइन । श्रीमानको कुटाईबाट श्रीमतिको टाउकोमा गम्भिर चोट लागेको छ ।
घाइते श्रीमतिलाई विराटनगरको लाइफ गार्ड अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको छ । पुस १ गते विहान सामान्य विवादमा घरमा कोही नभएको बेला गाँजा खाई लठ्ठिएर दाउराले श्रीमतिको टाउकोमा हिर्काएको जीवनका बुवा होमबहादुर मोतेले बताए ।
दैनिक गाँजा खाने छोराले बुहारी हिर्काएर घाईते बनाउँदा बास वस्ने घर समेत बेच्नु परेको होमबहादुरले बताए । श्रीमति मोतेको उपचार गर्न पैसा अभाव भएको ससुरा होमबहादुरले बताए ।५ वर्ष अगाडी विवाह भएकी सरिताको ३ वटा सन्तान छन् । ४ महिनाको दुधे बालकलाई छोडेर बुहारीको हेरचाहा गर्नु परेको जीवनकी आमा हस्तमायले बताईन् ।
४ वर्षे दुधे बालकको बाबु कुलतमा फसेको र आमा पनि बाबुको कुटाइबाट घाइते भएपछि अहिले बालबच्चाको बिचल्ली भएको छ ।सरिताको उपचारमा पैसा अभाव भएको महिला पुर्न स्थापना केन्द्र (ओरेक) की मनोबिर्मशकर्ता सरस्वती पौडेलले बताइन् । ‘९ दिनदेखि हस्पिटलमा आईसियूमा राखेर उपचार भईरहेको छ ।’ पौडेलले भनिन, ‘आर्थिक अवस्था दयनीय भएकाले घर जग्गा सबै बेच्दा पनि उपचार पैसा अभाव भएको छ ।’

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.