मोर्चाको चेतावनी : मधेश स्वतन्त्र हुन्छ

भैरहवा १८ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अधिकांश युवा नेतृत्व तथा दोस्रा तहका नेताहरुले स्वतन्त्र मधेश बनाउने चेतावनी दिन थालेका छन् । सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयक उपर असन्तुष्टि जनाउँदै र प्रतिपक्षी दल एमालेको रबैयाप्रति आक्रमक हुँदै नेताहरुले स्वतन्त्र मधेश बनाउने चेतावनी दिएका छन् ।
मधेशी मोर्चाका मुख्य घटक संघीय समाजवादी फोरम नेपालका नेता एवं पदाधिकारी अभिशेष प्रताप शाहले यसअघि स्वतन्त्र मधेश बनाउनका लागि समाजिक सञ्जालमार्फत आग्रह गरेका थिए । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष एवं तत्कालिन रक्षामन्त्री शरत्सिंह भण्डारीले मधेशको २० जिल्ला नेपालबाट टुक्रिन सक्ने चेतावनी दिएपछि मन्त्री पदबाट हटाइएका थिए ।
त्यती मात्रै होइन, मोर्चाका शिर्ष नेतृत्वले पनि स्वतन्त्र मधेश बन्न सक्ने चेतावनी दिदै आएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिसँगको प्रमुख दलकै बैठकमा मधेश स्वतन्त्र देश बन्न सक्ने चेतावनी दिएका थिए । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले पनि स्वतन्त्र मधेशको चेतावनी दिदै आएका छन् भने तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायले नेपालको नक्सा परिवर्तन हुने चेतावनी दिदै स्वतन्त्र मधेशका लागि संघर्षको विकल्प नरहेको बताउँदै आएका छन् ।
सोमबार मधेशका जिल्लाहरुमा भएका अधिकांश विरोध सभामा बोल्ने नेताहरुले मधेश स्वतन्त्र देश बन्न सक्ने चेतावनी दिएका छन् ।
रुपन्देहीको भैरहवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आयोजना गरेको खबरदारी  सभालाई सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारी) ले नेपालमा एमाले, काँग्रेस र माओवादीको रवैया यस्तै रहे मधेशलाई अलग हुनबाट कसैले रोक्न नसक्ने बताउँदै मधेश छिट्टै अलग देश हुने दाबी गरे ।
‘केही शताब्दी पहिला मधेश अलग देशनै थियो पछि नेपालमा गाभिएको हो । गोरखाका राजा पृथ्वी नरायण शाहले छलकपट तथा धोकाधडी गरी मधेशका राजाहरुलाई हत्या गरी मधेशमाथि कब्जा जमाएको हो । मधेशमा सुकुम्बासीको नाममा मधेशको सम्पूर्ण जंगलहरु नष्ट गरी मधेश र मधेशीमाथि औपनिबेशिक शासन लादिएको छ ।’ यादवले भने,‘सदियौंदेखि नेपालमा मधेशी, दलित, जनजातीलगायतका अल्पसंख्यक तथा सिमान्तकृत समुदायलाई दासको रुपमा व्यवहार गरिन्छ । दुई सय चालिस वर्षदेखि मधेशीहरु आफ्नो अधिकारको लडाई लडि रहेका छन तर शासक वर्गले वन्दुकको आडमा शासन गरिरहेको छ ।’
‘रुपन्देहीमा गत वर्ष भाद्र ३ गते मधेश अन्दोलनको क्रममा प्रशासनको मिलोमतोमा पहाडी समुदायद्धारा प्रतिकार गरी ४ मधेशी युवहरुको क्रुरता पुर्वक हत्या गरियो तर राज्य हालसम्म केही गर्न सकको छैन’ यादवले भने,‘त्यसैगरी भाद्र २९ गते प्रहरीले बेथरी बजारमा अधाधुन्ध गोलाी चलाई ६ जना सर्वसधारण मधेशीहरुलाई गोली हानी हत्या गरेको छ । हालसम्म रुपन्देहीको प्रहरी प्रशासनले कुनै पन  प्रकारको छानविन गरेको छैन ।’
मोर्चाका रुपन्देही संयोजक तथा संघीय समाजवादी फोरम जिल्लाका संयोजक महेन्द्र यादवको अध्यक्षतामा अयोजित खवरदारी सभामा तराई मधेश सदभावना पार्टीका केन्द्रिय महासचिव सन्तोष पटेल, सदभावना पार्टीका प्रशान्त गुप्त, संघीय समाजवादी फोरमकको रुपन्देही जिल्ला सचिव राम अवतार यादव संघीय समाजवादी महिला फोरम, रुपन्देही अध्यक्ष नेतृ निलम यादवले सम्बोधन गरेकी थिइन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.