मामा बिदेशमा भान्जाले माइजु भगाए , मामाको पिटाइले घाइते माइजुको राजुले गर्‍यो हत्त्या ...


हराइरहेकी मकवानपुर, ठिंगन गाविसकी बेलिमाया भोम्जनको हत्या भएको भन्दै प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ। भोम्जनका आमाबुबाले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। मकवानपुर प्रहरीले हत्या अभियोगमा समातिएका दुई जनालाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। उनीहरु बेलिमायाका पति राजु लुङवा र पूर्वपति लालबहादुर सिंह हुन्। राजु लालबहादुर सिंहका आफ्नै भान्जा हुन्। बेलिमायाको हत्यापछि भागेका दुवै जनालाई गाउँ आएको मौका पारी पक्राउ गरिएको एसपी बसन्त लामाले सेतोपाटीलाई जानकारी दिए। प्रहरी अनुसन्धानअनुसार लालबहादुर वैदेशिक रोजगार क्रममा विदेशमा थिए। बेलिमाया तीन छोराछोरी स्याहारेर बसेकी थिइन्। यसबीच आफ्नै भान्जा राजुसँग श्रीमतीको सम्बन्ध भएको थाहा पाएपछि लालबहादुर नेपाल फर्किए। श्रीमती र भान्जासँग उनको झगडा भयो। बेलिमायाले पनि राजुसँग सम्बन्ध रहेको स्वीकार गरिन्। त्यसपछि गाउँलेले एउटा भैंसी र दुईवटा बाख्रा जारी दिलाएर लालबहादुरकी श्रीमती राजुलाई सुम्पिदिए। केही दिनपछि बेलिमाया र राजु सँगै हिँडेका बेला लालबहादुर रिसले चुर हुँदै खुकुरी लिएर काट्न गए। राजु भागेर जंगलमा लुके पनि बेलिमाया घाइते भए। घाइते बेलिमायाको उपचार निम्ति पैसा लाग्ने भएपछि राजु पनि उनको हत्या गर्ने निर्णयमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले बेलिमायालाई मारेर जंगलमा लगी रुखमा झुण्ड्याइदिए। गत मंसिर २५ गते गाउँलेले बेलिमायाले लगाउने कपडा, चप्पल लगायत सामान देखे। स्थानीयले प्रहरीलाई खबर गरे। घटनास्थलबाट हड्डी पनि बरामद भयो। एसपी लामाका अनुसार राजुले घाइते अवस्थामा रहेकी बेलिमायाको हत्या गरेको स्वीकार गरिसकेका छन्। घटनास्थलबाट बरामद हड्डी डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.