होस गर्नुस् कम सुत्नाले यी रोग लाग्न सक्छन्


होस गर्नुस् कम सुत्नाले यी रोग लाग्न सक्छन्:::::::::

मधुमेह
आवश्यकताअनुसार ननिदाउने व्यक्तिलाई बिहान गुलिया र ‘जंक फुड’ खान मन लाग्छ । धेरै गुलिया परिकार खाँदा रगतमा सुगरको मात्रा बढेर मधुमेहको सम्भावना रहन्छ ।

क्यान्सर
राति कम निदाउने व्यक्तिलाई क्यान्सरको सम्भावना रहन्छ । क्यान्सर निम्त्याउन भूमिका खेल्ने खराब तत्व शरीरबाट बाहिर निस्किन सक्दैनन् । शरीरमा त्यस्ता तत्व जमेर रहँदा अन्य रोग पनि लाग्न सक्छन् ।

हृदयाघात
शरीरभित्रबाट फोहोर तत्व बाहिर निस्किनु भनेको शरीर ‘रिपेयर’ भएजस्तै हो । बिहान धेरै पानी पिउँदा शरीरभित्रका बिकार पिसाबमार्फत बाहिरिन्छन् । त्यस्तै, राति पूरा नसुत्दा ‘ब्लड प्रेसर’को सम्भावना रहन्छ, जसले हृदयाघात र ‘स्ट्रोक’को सम्भावना बढाउँछ ।

अलजाइमर
भरपूर सुत्दा दिमाग पुनर्जीवित र ताजा हुन पाउँछ । दिनभरको कामसँगै निम्तिएको दिमागको थकानलाई रातभरको निद्राले भगाइदिन्छ । तर, निद्रा अपुग भएमा बिहान उठ्दा दिमाग अशान्त नै रहन्छ । यसले भुल्ने समस्या अर्थात् अलजाइमर रोग जन्माउन सक्छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.