दिर्घकालीन रोग युरिक एसिड लाग्नबाट जोगिने केही उपायहरु पनि छन्



आधुनिक जीवनशैली र खानपान ले धेरैजसोमा आजकाल युरिक एसिडको समस्याले पिरोलेको छ । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय छन् । ती पालना गरे तपाईं पनि जोगिन सक्नुहुन्छ ।

 १. शरिरको तौल नियन्त्रण गर्नुहोस् । बढी तौल भएको शरिरमा युरिक एसिड थुप्रिएर बस्दछ र रगतमा प्रसार हुन्छ ।
 २. मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ । कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन् ।

 ३. तेलमा तारेको खानेकुरा कम खानु पर्दछ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ । रेनसिडको उपभोगले शरिरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ ।

 ४. क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ ।

 ५. अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट ड्रिँकको सेवन घटाउनु पर्दछ ।

 ६. किड्नीको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्ने गर्दछ । त्यसैले दैनिक कम्तिमा १० गिलास पानी पिउनुपर्दछ ।

 ७. शारीरिक व्यायाम र मानसिक तन्दुरुस्ती नियमित राख्नुपर्दछ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.