फ्रि–भिसा र फ्रि–टिकटको नाममा सरकारले आतंक फैल्याउँदैछ : अध्यक्ष ढकाल

काठमाडौँ – नेपाल बैदेशिक रोजगार व्यवसायी संघले फ्रि भिसा र फ्रि टिकटको व्यवस्था गर्न नसकिने अडान राखेको छ ।
संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा जाने कामदारका लागि फ्रि–भिसा र फ्रि–टिकटको नाममा सरकार आफैले आतंक फैल्याउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका हुन् ।
उनले केही गैर सरकारी संस्थाहरुले फ्रि भिसा र टिकटको कुरा गरेर मुलुकलाई अस्थिर बनाउन चाहेको उल्लेख गर्दै यस्ता गतिविधि हुन नदिन सरकारले कडाईका साथ अनुगमन गर्नुपर्नेमा पनि जोड दिए ।
‘एनजिओ र आइएनजिओको नाममा निस्केका केही संस्थाहरुले प्लेकार्ड बोकेर हिँडेको भरमा फ्रि भिसा र फ्रि टिकट लागु गर्न सकिँदैन,’ ढकालले भने, ‘उनीहरुले यो लागु गराउने उद्देश्यले गरेका होइनन् । मुलुकमा अस्थिरता बनाएर आफ्नो रोजीरोटी चलाउन यस्तो माग गरेका हुन् । यस्ताको पछि नलाग्नुहोस् ।’
काठमाडौंमा आयोजित संघको २४ औं वार्षिक साधारणलाई सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतमा भएका ३१ बुदे सहमति कार्यान्वयन गर्न सरकारसँग पुनः माग पनि गरेका छन् ।
उनले बैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन सरकार आफैंले गरेको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
३१ बुदे सहमतिमा सरकारले बैदेशिक रोजगारीमा जाने कामदारहरुको श्रम स्विकृति प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशसँग पहल गर्ने पनि उल्लेख गरिएको छ ।
अध्यक्ष ढकालले वैदेशिक रोजगार व्यवसाय धान्न नसक्ने अवस्थामा पुग्दा समेत सरकारले वेबास्ता गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.